भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई- कोलकत्ता नाइट राइडर्स र मुम्बई
इन्डियनको खेलसँगै भारतमा आइपिएलको डेढ
महिने क्रिकेट उत्सव सुरु भएको छ। बुधबार
कोलकत्तास्थित इडेन गार्डेनमा यी टोलीको
खेल भइरहँदा कोलकत्ताका मालिक शाहरुख
खान निरास देखिए। कान्छो छोरा
अबरामसँगै रंगशाला पुगेका शाहरुख उनको
पहिलो खेल भएको भन्दै टिमले दिने
नतीजाप्रति नर्भस भएका थिए।
शाहरुखले ट्विटमा लेखे, 'अबरामको यो पहिलो
खेल हो। खेललाई लिएर म नर्भस भएको छु।' उनी
आफ्नै तीनै सन्तानसँगै टोलीको हौसला
बढाउन इडेन गार्डेन पुगेका थिए।
मुम्बई इन्डियनविरुद्ध सुखद नतीजा आएसँगै
शाहरुखले आफ्नो कान्छो छोरा अबरामलाई
काखी च्यापेर मैदानभरि हिँडडुल गरेका थिए।
अहिले तीनै तस्बिरहरु समाजिक सञ्जालमा
भाइरल बनिरहेको छ।
0 comments:
Post a Comment