भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, चैत्र २६ । अमेरिकी विदेशमन्त्री
जोन केरीले यमनमा शिया हुती
विद्रोहीलाई समर्थन नगर्न इरानलाई
चेतावनी दिएका छन् ।
‘पीबीएस न्यूजअवार’सँग कुरा गर्दै उनले इरानले
मध्यपूर्वमा कुनैपनि प्रकारको अस्थीरताको
प्रयास गरेमा त्यसलाई अमेरिकाले समर्थन
नगर्ने स्पष्ट पारे ।
अमेरिकाले यमनका हुती विद्रोहीविरुद्ध
आक्रमणको नेतृत्व
गरिररहेको साउदी अरबलाई हतियार
सहयोगमा तीव्रता दिइरहेको छ ।
केरीले इरानबाट खतरा महसुश गर्ने जुनसुकै
मध्यपूर्वी देशलाई सहयोग गर्ने बताए ।
तेहेरानले भने विद्रोहीलाई समर्थन गरेको
आरोपको खन्डन गरेको छ ।
यमनको दक्षिण सहर एडेनमा शिया हुती
विद्रोही र राष्ट्रपति मन्सुर हादीका
समर्र्थक मिलिसियाबीच भीषण संघर्ष
भैरहेको छ ।
विश्व स्वास्थ्य संगठनले यमनमा चर्किएको
संघर्षका कारण ५ सय ६० जना मारिएइसकेका
छन् भने १ लाख मानिस आफ्नो थातथलो
छाड्न बाध्य भएको जनाएको छ । (एजेन्सी)
0 comments:
Post a Comment