Home » » जानी राखौ :युवकका लागि युवतीको इसारा...

जानी राखौ :युवकका लागि युवतीको इसारा...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

युवकका लागि युवतीको इसारा
साधारणतया के बुझिन्छ भने युवकहरू मात्र फ्लर्ट
गर्छन्। युवतीहरूलाई आफूतर्फ आकषिर्त गर्न
उनीहरू अनेक इसारा र कुरा गर्छन्, तर सत्य के
हो भने फ्लर्ट गर्नमा युवतीहरू युवकहरूभन्दा ५
गुना अघि हुन्छन्।
उनीहरूले यस्तो शारीरिक
इसारा दिन्छन्, जसबाट पुरुषहरूलाई थाहा हुन्छ
कि उक्त युवतीले उसलाई मन पराउँछिन्। युवतीहरू
शब्द फ्लर्ट गर्दैनन्, तर आफ्नो शारीरिक
हावभावले धेरै कुरा भन्छन्। यहाँ यस्तै केही संकेत
दिइएका छन् जसद्वारा युवकहरूले
पनि युवतीको फ्लर्ट बुझ्न सकून्।
यदि कुरा गर्दा युवती कुनै युवकको नजिक आउँछिन्
भने यसको अर्थ हो, ती युवतीले उसलाई मन
पराउँछिन्।
यदि युवती बारम्बार आफ्नो केश मिलाउँछिन्
वा केशमा औला घुमाउँछिन् भने यसको सीधा अर्थ
हो, अगाडिको युवक उसलाई आकर्षक
लागिरहेको छ।
हुन सक्छ, उनले आफ्नो हातले आफ्नै शरीर छोउन्,
जस्तो कि आफ्नै घाँटी वा हात सुमसुमाउन्।
यो उनीसमक्ष साँझको कफीको प्रस्ताव
राखियो भने उनले सहजै स्वीकार गर्नेछिन् भन्ने
कुराको संकेत हो।
यदि कुनै युवतीले फ्लर्ट गरिरहेकी छिन् भने
उनको आँखाले पनि धेरै कुरा भनिरहेको हुन्छ, उनले
धेरै बेर आँखा जुधाउनेछिन् र विशेष प्रकारले
दृष्टि तल-माथि गर्नेछिन्।
प्रत्येक पटक हाँसेर आफ्नो स्वागत गर्नेछिन्।
यदि उनले आफूलाई मन पराउँछिन् भने आफूलाई
देख्नेबित्तिकै आफ्नो पहिरन मिलाउन थाल्छिन्।
फ्लर्ट गर्न पोख्त महिलाहरूलाई राम्रोसँग
थाहा हुन्छ कि पुरुषहरूलाई कसरी आकषिर्त गरेर
आफ्नो मनको कुरा भन्न सकिन्छ।
यदी बस्ने बेलामा उनले आफ्नो काँध
वा खुट्टामा हात राखिन् वा नजिक
भएका बेला बिर्सेर शरीर छोएको अनुभूति दिइन
भने त्यो गि्रन सिंग्नल हो।
यदि युवती यस्तो कलामा माहिर छिन् भने उनले
त्यतिमात्र संकेत दिन्छिन्, जसले
गर्दा आफ्नो ध्यान उनीतर्फ आकषिर्त होस्।
फ्लर्ट गर्ने महिलाहरूले आफ्नो आवाजको पनि धेरै
राम्रो प्रयोग गर्छन्। उनले आफ्नो कानको नजिक
आएर सेक्सी तरिकाले बिस्तारै कुरा गर्छिन् ।
फ्लर्टिङका बारेमा के भन्छन् महिलाहरू ?
फ्लर्टिङले रोमान्टिक र फ्रेस राख्छ।
यसबाट आत्मविश्वास प्राप्त हुन्छ।
यदि कुनै पुरुष आफूलाई मन परेको छ भने ऊसँग फ्लर्ट
गर्दा हानि नै के छ र ?
फ्लर्टिङ दुवै पक्षका लागि सुखद अनुभव हुनुपर्छ।
हुनसक्छ, यसबाट सुरु भएको कुरा रोमान्टिक
नातामा बदलियोस्।
फ्लर्टिङ सधैं स्वस्थ हुनुपर्छ।
कहिलेकाहीँ मानिसहरूले यसबाट आफ्नो चरित्र
मूल्यांकन गर्ने प्रयास गर्छन्।
यस्तो स्थितिमा फ्लर्टिङ अलि ध्यान पुर्याएर
र त्यस्ता युवकसँग मात्र गर्नुपर्छ, जो आफूजस्तै
खुला विचारको होस्।
फ्लटिङ गलत उद्देश्यले गर्नु हुँदैन, यसको उद्देश्य
साथी बनाउनु र अरूलाई खुसी तथा राम्रो अनुभव
गराउनु मात्र हो।
फ्लर्टिङ गर्दा केही विशेष कुरा ध्यान
पुर्याउनुपर्छ, किनभने यो एउटा कला हो।
नकारात्मक अर्थ लाग्ने इसारा गर्नु हुँदैन।
कसैको व्यवहार मन पर्यो भने उसलाई अवश्य
कम्प्िलमेन्ट दिनुपर्छ।
महिलाहरूको एउटा वर्ग
जो फ्लर्टिङको पक्षमा छैन, उनीहरूको भनाइ छ-
उद्देश्य जति नै राम्रो भए पनि हाम्रो समाजले
फ्लर्ट गर्ने महिलालाई राम्रो मान्दैन।
यसबाट आफ्नो चरित्रमा पनि प्रश्न उठ्न सक्छ।
आफूले गरेको फ्लर्टको गलत फाइदा उठाइन सक्छ।
हुन सक्छ, कसैले पनि आफूलाई गम्भीरतापूर्वक
नलिएर मात्र मनोरञ्जनका लागि कुरा गरोस्
वा साथी बनाओस।
कहिलेकाहीं रमाइलोका लागि गरिएको फ्लर्टिङ
खतरनाक पनि हुन सक्छ, जोसँग फ्लर्ट
गरियो उसको उद्देश्य कति राम्रो छ ? भन्ने
कुरा कसरी थाहा पाउने ?
फ्लर्टिङ गर्दागर्दै भावनात्मक आकर्षण
पनि हुनसक्छ। यस्तो स्थितिमा धेरै कुरालाई
मध्यनजर राखेर फ्लर्टिङ गर्नु पर्छ नत्र
सम्बन्धमा अप्ठ्यारो स्थिति आउन सक्छ।
वास्तवमा पुरुषहरूले महिलाहरूको फ्लर्टिङलाई
अर्कै ढंगले बुझ्छन् र उनीहरूको इसारालाई गलत
बाटोमा लान्छन् वा पुर्याउँछन्। यही कारणले
साथीत्व र प्रेमका बारेमा महिलाहरू
झुक्किन्छन्।
यस्तो स्थितिमा के राम्रो हुन्छ भने पहिले
फ्लर्टिङको कला थाहा पाउनुपर्छ।
त्यसपछि मात्र अघि बढ्नुपर्छ, किनभने फ्लर्टिङ
आफैंमा एउटा कला हो। कुनै पनि कलाको असर तब
मात्र देखिन्छ जब आफू त्यसमा दक्ष भइन्छ।
source:meroarticle

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved