भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,चैत २० – राजनीतिलाई जनमुखी बनायो
भने त्यो नेता दिनानुदिन लोकप्रिय बन्दै राष्ट्र र
पार्टीको नेता बन्न पुग्छ । तर, जनमुखी भन्दा आफ्नो
भुँडीमुखीतिर केन्द्रित बन्यो भने पार्टी र देशको
प्रमुख नेता बनेपछि ओरालो लाग्न सक्छ भन्ने उदाहरण
नेपालीलाई दिनसक्ने एमाले नेता झलनाथ खनाल हुन
पुगेका छन् ।
विगतमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेका
खनालको अवस्था पार्टीभित्र अहिले दिनानुदिन
खस्कँदो छ । राज्य मेसिनरी राम्ररी बुझेका र
पार्टीका प्रमुख भइसकेका खनाल पार्टीभित्र झन्
शक्तिशाली र लोकप्रिय हुनुपर्नेमा उनका साथमा
अब दुई पाँच जनाको सानो कोटरी मात्र रहेको
टिप्पणी बल्खुमा नै हुन थालेको छ ।
पार्टी मुख्यालय बल्खुमा विकास निर्माण,
रोजगारी र व्यक्तिगत कामका लागि धाउने
कार्यकर्ताको अहिले ओइरो नै लाग्छ । लाग्नु पनि
स्वाभाविक हो । एमाले सत्ताधारी दोस्रोे दल हो
। नेता कार्यकर्ताले झलनाथ खनालबाट धेरै कामको
अपेक्षा गर्नु पनि स्वाभाविक नै हो । तर,
झलनाथलाई पार्टी, देश जनता जता लागोस् आफ्नो
बन्द व्यापार मात्र फस्टाओस् भन्ने मात्र बढी
चिन्ता हुने गरेको टिप्पणी एक नेताले गरे ।
‘झलनाथ कमरेडलाई प्रचण्डले प्रधानमन्त्री र पार्टी
अध्यक्ष बनाएको हो । कार्यकर्ताले बनाएको भए त
एमाले पार्टी र कार्यकर्ताको माया गर्थे नि’ ती
नेताले आक्रोश पोखे । एमालेको अध्यक्ष बन्दा र प्रम
बन्दा खनाललाई एमाओवादी अध्यक्ष प्रचण्डले
सहयोग नगरेका भए उनी प्रम पनि बन्न सक्ने थिएनन्, र
सिंहदरबारमा प्रमको फोटो पनि टाँस्न पाउने
थिएनन् । कार्यकर्तालाई बिर्सने खनालले अहिले
प्रचण्डलाई पनि पूरै बिर्सिसकेका छन् ।
केपी ओलीले पार्टीको बागडोर समातेपछि
खनालको पार्टीभित्रको पोजिसन माइनसमा
पुगेको छ । उनको पक्षमा न त पदाधिकारी छन्, न त
पोलिटब्यूरो नै । त्यसैगरी स्थायी समिति र
केन्द्रीय समितिका पनि खनाल एक्ला भएका छन् ।
बल्खुमा खनाललाई छेडखान गर्दै नेताहरु भन्ने गर्छन्,
‘खनालसँग श्रीमती, छोरा, एक हर्बल उद्योग,
पर्यटनमन्त्री दीपकचन्द्र अमात्य र केन्द्रीय सदस्य प्रवेश
हमाल बाहेक को छ ?
खनाल आजभोलि विदेश सयरमा बढी रुचि राख्छन् ।
उनी कहिले मलेशिया, कहिले हङकङ, कहिले
थाइल्यान्ड त कहिले चीनतिर घुम्न निस्कन्छन् ।
एमाले विदेश विभागमा रहेका एक सदस्य भन्छन्– ‘घुम्न
पाए त दीपकचन्द्र भन्दा पनि प्रोटोकलमा तल रहेर
दौडिन्छन् ।’ केहीले खनाल आर्थिक उपार्जनमा
लागेको पनि बताउँछन् । हेटौंडामा रहेको हर्बल
उद्योगले खनाललाई दिनरात टेन्सन दिइरहेको छ ।
त्यो टेन्सन दूर गर्न खनालको आँखा पर्यटनमन्त्री र
वायुसेवा निगमतिर केन्द्रित रहेको खनालसँग लामो
समयसम्म किचेन क्याबिनेटमा रहेर काम गरेका एक
सदस्य बताउँछन् । आजको जनआह्वान साप्ताहिकमा
खबर छ ।
0 comments:
Post a Comment