भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महात्मा गान्धीले सन् १९३९ मा
जर्मनीका नाजी तानाशाह एडोल्फ हिटलरलाई
एउटा चिठी लेखेका थिए । तर,त्यो चिठ्ठी
हिटलरसम्म नै पुगेन ।
२३ जुलाई १९३९ मा गान्धीले युद्ध रोक्न अनुरोध गर्दै
हिटलरलाई चिठी लेखेका थिए । चिठीमा गान्धीले
आफ्नो साथी सोचेकाले त्यो पत्र लेखेको जनाएका
थिए । तर,त्यही चिठी लेखिएको एक महिनापछि नै
हिटलरले पोल्यान्ड आक्रमणको आदेश दिएका थिए ।
यस्तो थियो गान्धीको चिठी
प्रिय साथी,
मलाई साथीहरु मानवताको आधारमा तपाईंलाई
चिठी लेखोस् भन्ने अनुरोध गरिरहेका छन् । तर,मैले
उनीहरुको अनुरोध टारिरहेँ । मैले सोचिरहेँ –
मेरातर्फबाट पत्र पठाउँदा तपाईंलाई रिस उठ्ला ।
तर,केही कुरा यस्तो पनि हो जसको कारण मैले
तपाईंलाई चिठी लेख्दा कुनै हिसाब किताब गर्नुपर्दैन
। र,तपाईंलाई यो अपिल गर्नु नै पर्छ । यसको जस्तो र
जोसुकै महत्व किन नहोस् ।
यो पूर्ण रुपमा प्रस्ट छ कि यो समय विश्वमा तपाईं नै
एकजना त्यस्तो मानिस हो जसले युद्द रोक्न सक्छ ।
जुन युद्दले मानवतालाई बर्बर स्थितिमा पुर्याएको छ
। चाहे त्यो लक्ष्य तपाईंलाई मूल्यवान प्रतित होस् ।
के यसका लागि तपाईं मूल्य चुकाउन तयार हुनुहुन्छ ?
के तपाईं एउटा यस्तो साथीको अपिलमाथि ध्यान
दिन चाहनुहुन्छ जसले उल्लेखनीय सफलताका साथ
युद्दको तरिकालाई खारेज गर्न सफल भएको छ ?
तैपनि,यदि मैले तपाईंलाई चिठी लेखेर गल्ती गरेँ र
तपाईंलाई चिठी लेखेर गल्ती गरेँ र तपाईंलाई रिस
उठ्यो भने तपाईंसँग क्षमाको अपेक्षा गर्दछु ।
तपाईंको साथी ,
एमके गान्धी
0 comments:
Post a Comment