भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गायिका कोमल वलीले केही समयदेखि आफूसँग
विवाह गर्ने कोही छ ? भन्दै खुलेआम सार्वजनिक
अभिव्यक्ति दिँदै आएकी थिइन् । उमेरले विवाह गर्ने
नेटो काटिसके पनि उनको आकर्षक सौन्दर्यमा
मोहित हुनेहरु उत्तिकै छन् । त्यसैले उनी जहाँ पुगे पनि
झ्वाँक तन्नेरीका निम्ति चुनौती दिइहाल्थिन् ।
हाल अस्ट्रेलियामा रहेकी कोमललाई त्यहाँका एक
माननियले स्टेजमै विवाहको प्रस्ताव राखेपछि
कोमल भने रातापिरो भइन् । दक्षिण अस्ट्रेलियाको
संसद्को सदस्यले ‘आइ लभ यु कोमल, विल यु म्यारी
मि ?’ भनेपछि कार्यक्रममा एकछिन शुन्यता
भरिएको थियो । जसका साक्षी थिए प्रमुख
अतिथि एन आरअएनका अध्यक्ष शेष घले ।
अक्क न बक्क परेकी कोमल माननीयको प्रस्ताव सुनेर
हल्का लजाइन् । आश्चर्यका साथ उनी एकछिन
हाँसिरहिन र जवाफ फर्काइन्, ‘के तिमी मसँग नेपाल
गएर बस्न सक्छौ ? त्यसपछि अक्क न बक्क भए भए
माननीय त्वाङ चुई ।
तरुनी शीर्षकको गीत संग्रह सार्वजनिक गर्ने
तयारीमा रहेकी कोमललाई अस्ट्रेलियन
माननीयको प्रस्ताव स्वीकार्य नभए पनि उनको
प्रपोजको स्टाइलले प्रभावित भने तुल्याएको छ ।
आजको साप्ताहिकमा समाचार छ ।
0 comments:
Post a Comment