भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,चैत २४ – श्रीमतीलाई सुराक बनाएर पैसा
खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश
खरेलको करिअरमा अर्को धक्का लागेको छ । भरतपुर
तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी
रमेश खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र
उठाएको छैन,भर्ना प्रक्रिया नै रद्द गर्न निर्देशन
दिएको छ ।
जवान पदको भर्ना प्रक्रियाअन्तर्गत पहिलेको
अन्तर्वार्ता रद्द गरी पुनः अन्तर्वार्ता गर्न निर्देशन
दिएको छ । सोही अनुसार प्रहरी प्रधान
कार्यालयको भर्ना तथा छनौट शाखाले सोमबार
एक सूचना निकाल्दै लिखित परीक्षामा पास
भएकाहरुको वैशाख २–७ गतेसम्म फेरि अन्तर्वार्ता हुने
भएको छ ।
लोकसेवाले बनाएको प्रहरी नियमावलीअनुसार
अन्तर्वार्तामा नम्बर नदिइएको भन्दै आयोगले
पहिलेको अन्तर्वार्ता नै रद्द गराएको हो । यसले
एसपी रमेश खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त छ नै
प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा
तानिएको छ,आजको दृष्टि साप्ताहिकमा खबर छ ।
0 comments:
Post a Comment