भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, बैशाख १- दिनअघि पत्नी कोमलको
उपचार गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र र
पूर्वयुवराज्ञी हिमानी वैशाख ४ गते अपराह्न चार बजे
नेपाल फर्कने भएका छन् ।
यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व
मुमाबडामहारानी रत्नलाई भेट गर्न ज्ञानेन्द्र र
हिमानी आउन लागेका हुन् । हरेक सोमबार आमालाई
भेट्न महेन्द्र मञ्जिल जाने गरेका ज्ञानेन्द्र पुनः भारत
जाने छन् । उनी वैशाख ७ गते भारत जाने कार्यक्रम
रहेको छ ।
२१ गते अर्दली, नानी बज्यै र कर्मचारीसहित भारत
गएकी हिमानी भने ७ गतेदेखि निर्मलनिवासमै बस्ने
छिन् । करिब चार वर्षदेखि महेन्द्र मञ्जिल बसेकी रत्न
करिब ९ महिनाअघि छोरा ज्ञानेन्द्रलाई हृदयघात
हुँदा भेट्न नर्भिक अस्पताल पुगेकी थिइन् । नेपाल
समाचारपत्रमा खबर छ ।
0 comments:
Post a Comment