भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १ वैशाख– अर्जेन्टिनाका
स्टाइकर लियोनल मेस्सीले नेपाल घुम्ने आउन
इच्छा व्यक्त गरेका छन् ।
नेपाली पत्रकार किरणबाबु मरहठ्ठालाई
बार्सिलोना फुटबल क्लबमा अन्तर्वार्ता
दिँदै उनले आफू मौका मिल्नेबित्तिकै नेपाल
आउने बताएका हुन् ।
‘नेपाल मलाई मनपर्ने देश हो’,मेस्सीको भनाइ
उद्धृत गर्दै मरहठ्ठाले काठमाण्डु टुडेसँग भने,
‘मौका मिलेसम्म म छिट्टै नेपाल आउन चाहन्छु
।’
मेस्सीले नेपाली दर्शकले आफू र बार्सिलोना
क्लबलाई माया गर्ने गरेकोबारे जानकार
रहेको भन्दै धन्यवादसमेत दिएका छन् ।
उनले आगामी दिनमा समेत नेपाली दर्शकको
समर्थन पाउनेमा आफू आशावादी रहेको बताए
।
त्यस क्रममा पत्रकार मरहठ्ठाले मेस्सीलाई
नेपाली ढाकाटोपी उपहार दिएका थिए ।
मेस्सीसँग अन्तर्वार्ता लिने मरहठ्ठा पहिलो
नेपाली पत्रकार हुन् । उनी एबीसी
टेलिभिजनसँग आबद्ध छन् ।
0 comments:
Post a Comment