Home » » बलिउड नायिका रिया सेनको घर जलेर खरानी.....

बलिउड नायिका रिया सेनको घर जलेर खरानी.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी – अभिनेत्री रिया सेनको घर जलेर
खरानी भएको छ । मुम्बईको अँधेरीमा रहेको
उनको घरमा शनिबार डेढ बजे राति लागेको
आगोले जलेर खरानी भएको हो । सो घरमा रिया
आमासँगै बस्दै आइरहेकी थिइन् ।
एजेन्सीका अनुसार समयमै दमकल नआइपुग्दा
उनी बसेको घर पूरै जल्न पुगेको थियो ।
रिया अँधेरीस्थित रुइया पार्क बिल्डिङको
छैटौं फ्ल्याटमा बस्दै आइरहेकी थिइन् ।
रियाले ट्विट गर्दै आगो लागेको जानकारी
दिएको १ घन्टा पछि दमकल आइपुगेको र दकमल
आइपुग्न ढिला हुँदा घर पूरै जल्न पुगेको
उल्लेख गरेकी छन् ।‘हाम्रो घर आगोमा ।
हामीले हाम्रो घरको दुई फ्ल्याट गुमायौं ।
आगो निभाउने इन्जिन आउन दुई घन्टा
लाग्यो,यो देशकै लागि लज्जाको कुरा हो
’रियाले ट्विट गर्दै भनेकी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved