Home » » अमेरिकी राष्ट्रपतिका लागि हिलारी क्लिन्टनको उम्मेदवारी घोषणा.....

अमेरिकी राष्ट्रपतिका लागि हिलारी क्लिन्टनको उम्मेदवारी घोषणा.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी – हिलारी क्लिन्टनले २०१६मा हुने अमेरिकी
राष्ट्रपति निर्वाचनको दौडका लागि आफू तयार
बनेको औपचारिक रुपमा घोषणा गरेकी छन् । उनले
आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
आफ्नो चुनावी अभियानका लागि सुरु गरेको एक
वेभसाइटमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले
भनेकी छन् – म राष्ट्रपतिका लागि दौडँदै छु ।’
अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनकी
श्रीमतीसमेत रहेकी उनले सन् २००८ को राष्ट्रपतीय
निर्वाचनमा राष्ट्रपति उम्मेदवारको नोमिनेसनको
दौडमा आफूलाई होमेकी थिइन् । तर,त्यतिबेला
उनलाई ओबामाले पछि पारेका थिए । उनी यो पटक
राष्ट्रपतिको बाजी मार्न सफल भएमा उनलाई
पहिलो महिला राष्ट्रपतिको इतिहास रच्ने अवसर
मिल्ने छ ।
हिलारी ओमाबाको पहिलो राष्ट्रपति
कार्यकालमा विदेश मन्त्री समेत भएकी थिइन् ।
२००८ मा उनलाई हराएका हालका राष्ट्रपति
बाराक ओबामाले यसपटक भने उनलाई समर्थन गरेका छन्

बिबिसीका अनुसार उनले अमेरिकनहरुलाई एक
च्याम्पियनको आवश्यकता रहेको जनाउँदै आफू
सामान्य जनताको आकांक्षा पूरा गर्नका लागि
च्याम्पियन बन्न लागेको बताएकी छन् ।
क्लिन्टनले उम्मेदवारी घोषणा गरे पनि रिपब्लिकन
पार्टीले भने आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved