Home » » आमाले आगो लगाउँदा अठार महिने छोराको मृत्यु......

आमाले आगो लगाउँदा अठार महिने छोराको मृत्यु......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सप्तरी, चैत ३० – सप्तरीको राजविराज
नगरपालिका–५ मा आइतबार साँझ आफ्नै आमाले
आगो लगाउँदा एक बालकको जलेर मृत्यु भएको छ भने
आमा पनि गम्भीर घाइते भएकी छिन् ।
राजविराज–५ की शकुन्तालादेवी साहले आफ्नै १८
महिनाको छोरालाई साथै लिएर घरभित्र आफ्नो
जिउँमा आफैँले मट्टितेल छर्केर आगो लगाउँदा
छोराको मृत्यु भएको हो ।
घरभित्रबाट एक्कासी धुँवा निस्केपछि गाउँलेले देखेर
घरको ढोका खोल्दा आमा छोरा जलिरहेको
अवस्थामा फेला पारेका थिए ।
आगोले जलेर गम्भीर घाइते भएको बालकको उपचारको
लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह
सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि
ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब
उपरीक्षक नारायण चिमोरियाले बताए ।
गम्भीर घाइते शकुन्तला देवीलाई उपचारका लागि
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा पठाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved