भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : संविधानसभा भवनमा सोमबार बसेको
शीर्ष बैठकलाई उपेक्षा गरेर एमाले अध्यक्ष केपी ओली
धरहरा चढ्न गएको आरोप एमाओवादी अध्यक्ष
पुष्पकमल दाहाल (प्रचण्ड) ले लगाएका छन्।
बैठकबाट बाहिरिने क्रममा प्रचण्डले ओलीप्रति ब्यंग्य
गर्दै संचारकर्मीसँग भने, 'हामी बैठक बैठक भनेर के गर्ने,
केपी ओलीलाई संविधानभन्दा धरहरा नै ठूलो हुँदो
रहेछ। बैठक बसेकै समयमा उहाँलाई धरहरा चढ्न पर्ने।'
उनको प्रश्न थियो, यस्तो तालले कहिले सहमति हुने,
कहिले संविधान ल्याउने ?'
उनले बैठकमा आफूले सहमतिका लागि कम्तीमा दुईदेखि
तीन सातासम्म समय मागेको बताएका थिए। बैठकमा
प्रचण्डले विपक्षी आन्दोलन छोडेर वार्तामा आउँदा
पनि सत्तापक्ष गम्भीर नभएको आरोप लगाएका थिए।
0 comments:
Post a Comment