Home » » पारसलाई लिन हिमानी विमानस्थल नजानुको कारण यस्तो रहेछ..

पारसलाई लिन हिमानी विमानस्थल नजानुको कारण यस्तो रहेछ..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पूर्व युवराज पारस साह केही वर्षको स्वनिर्वासन
पछि स्वदेश फर्किएका छन् । विहीबार उनी स्वदेश
फर्किँदा उनका शुभचिन्तकले विमानस्थलमा नै
नारावाजी गर्दै स्वागत गरे । पारसका शुभचिन्तकले त
पारस सरकार जिन्दावाद, राजा आउ देश बचाउ भन्ने
जस्ता नारा लगाए । पारस साह फर्किँदा
विमानस्थल नै अवरुद्ध हुनेगरी भिडभाडमा
राजपरिवारका सदस्य भने कोही पनि देखिएन । पूर्व
राजारानी त आफ्नो छोरो लिन गएनन् नै पारसकै
पत्नि पनि विमानस्थल पुगिनन् ।
पारस साह विमानस्थलबाट आफ्ना मान्छेहरुसँग
निस्किएर निर्मल निवास गए । उनलाई स्वागत गर्न
विमानस्थल नगएकी उनकी पत्नि हिमानी
विमानस्थल नगएपनि निर्मल निवासमा पतिलाई
स्वागत गरेकी छिन् । पारससँग सल्लाह भएकै कारण
उनी विमानस्थल नगएको श्रोतले बताएको छ ।
दरवारमा उनीहरुको सम्बन्ध सुधारका लागि पनि
प्रयास भैरहेको बताइएको छ ।
बदनामी र सम्बन्धको समस्या
पारस साह आउँदा राजदरवारमा खासै उत्साह
नदेखिएको दरवार निकट श्रोतहरुले बताएका छन् ।
थाइल्याण्डमा पटक पटक पक्राउ पर्दै जेल परेका पारसले
ठूलो धनराशी तिरेर मात्र जेलमुक्त भएका थिए ।
पारस साहलाई नेपाल ल्याउन दरवारले ठूलो आर्थिक
खर्च गर्नु त पर्यो नै पारसकै कारण दरवार बढी बदनाम
भएका कारण पनि कुनै पनि सदस्य उत्साहित भएर
विमानस्थल पुगेनन् । दरवारले पारसका कारण बदनामी
कमाउनु परेको र सम्बन्धको विषयमा समेत सार्वजनिक
भएका कारण पनि तनावपूर्ण वातावरण रहेको
बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले छोरा पारसकै
कारण राजतन्त्र फर्किने सम्भावना टर्दै गएको
विश्लेषणमा रहेको बताइन्छ । नेपालमा राजनीतिक
अस्थिरता भएपनि पारसका गतिविधीका कारण
राजतन्त्रप्रति हुनु पर्ने आस्था बढ्न नसकेको भन्दै उनी
पारसप्रति आक्रोशित छन् ।

पारसकी प्रेमिकाको त्रास
पत्नि हिमानीसँग लामो समय देखि छुट्टै बसेका र
परिवारसका कसैसँग पनि राम्रो सम्बन्धमा नरहेका
पारसले थाइल्याण्डमा बस्दा त्यहाँ कनिका नामकी
एक प्रेमिका बनाएको विषय पुरानो भैसकेको छ ।
दरवारले समेत पारसको प्रेमलाई स्वीकार गरिसकेको
समेत बताइन्छ । पारस साह नेपाल आउने कि नआउने आए
एक्लै आउने कि प्रेमिका लिएर आउने भन्ने अनुमान र
अडकलबाजी लामो समय देखि चलिरहेको थियो ।

तर पारस विहीबार काठमाडौं ओर्लिँदा एक्लै आए ।
पछिल्लो समयमा दरवार भित्र पारसलाई
प्रेमिकाबाट छुटाउने र हिमानीसँगको सम्बन्ध सुधार
गर्नका लागि पहल भैरहेको श्रोत बताउँछ । पारस पनि
आफू थाइल्याण्डमा असुरक्षित भएका कारण नेपाल
आउनका लागि जस्तो सुकै शर्त मान्ने अवस्थामा समेत
पुगेको श्रोतको दावी छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved