Home » » पेट्रोलियम पदार्थको भाउ घट्यो.....

पेट्रोलियम पदार्थको भाउ घट्यो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाल आयल निगमले बिहीबार रातिबाट लागू हुने
गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटाएको छ
। निगमका अनुसार तीन वटै इन्धनमा प्रति लिटर १
रुपैयाँका दरले मूल्य घटाइएको हो । अब पेट्रोलको
प्रति लिटर १ सय ९ र डिजल/मट्टितेलको ८६ रुपैयाँ
पर्नेछ ।
निगम प्रवक्त मुकुन्द घिमिरेले अन्तर्राष्ट्रिय मूल्य
अनुसार यहाँपनि भाउ समायोजन गरिएको बताए
। भारतीय आयल निगमले प्रत्येक महिनाको १ र १६
तारिखमा पठाउने मूल्य अनुसार यहाँ मूल्य
समायोजन गरिँदै आएको छ । असोज-१३ बाट
स्वचालित मूल्य प्रणाली लागुभएपछि निगमले त्यसै
अनुसार इन्धनको मूल्यमा घटबढ गर्दै आएको छ ।
खाना पकाउने ग्यासमा अन्तर्राष्ट्रिय मूल्य
बढेपछि त्यसमा निगमलाई घाटा बढेको घिमिरे
बताए । यसअघि प्रति सिलिन्डिर ४८ रुपैयाँको
घाटा ५० रुपैयाँ ४७ पैसामा पुगेको घिमिरेले
जनाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved