भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अर्कै ग्रहबाट आएको प्राणी अर्थात् एलियन
पृथ्वीमा देखा परेको हल्ला तथा कथाहरु
बेलाबेलामा सुनिने गर्छन् । तर यस्ता धेरै हल्लाहरु भने
हल्ला नै हुन्छन् र सत्य हुँदैनन् । हालै मलेसियामा समेत
काल्पनिक एलियनको रुप भएको प्राणी देखापरेपछि
त्यसले ठूलै हंगामा मच्चायो । उक्त जनावरको
भिडियो इन्टरनेटमा भाइरल नै बन्यो ।
मलेसियाको साराबाक वन कर्पोरेसनका
अधिकारीले उक्त जनावरलाई जंगल क्षेत्रमै भेट्टाएका
हुन् ।
गएको जनवरीमा पहिलो पटक बोर्नियोको सिबु
जंगलमा वृक्षारोपणका क्रममा कर्मचारीहरुले यो
अनौठो जनावर देखेका रहेछन् । राम्रोसँग हिँड्न समेत
नसकेको उक्त जनावर जमिन तथा पानीको क्षेत्रमा
घस्रिँदै खानेकुरा खोजिरहेको थियो । धेरैले
त्यसबेला उक्त जनावरको बारेमा कुनै मतलब गरेनन् तर
असामान्य रुपको जनावर देखेपछि कर्मचारीमध्ये कसैले
उक्त जनावरको भिडियो खिचेछ । उक्त भिडियो यु
ट्युबमा अपलोड भएपछि त्यसले ठूलै चर्चा कमायो र
अहिलेसम्म ६० लाख भन्दा बढिले उक्त भिडियो
हेरिसकेका छन् ।
मलेसियाको जंगलमा एलियन भेटिएको भन्ने
हल्लाका साथ भिडियो निकै चर्चित भएपछि उक्त
घटनाले वन अधिकारीहरुको ध्यान तान्यो । अन्ततः
जंगलमा उक्त जनावरको खोजी सुरु गरियो ।
कर्मचारीहरुले त्यसलाई फेला पारेर समाउन पनि सफल
भए ।
उक्त जनावरलाई समातेर वन कार्यालयमा ल्याई
अनुसन्धान गर्दा पो बल्ल थाहा भयो, त्यो कुनै
एलियन रहेनछ । त्यो त एक लोपोन्मुख भालुको
प्रजाति रहेछ । रोगका कारण रौँ झरेपछि त्यसकेा
जिउ त्यस्तो कुरुप भएको रहेछ ।
वन अधिकारीहरुले उक्त जनावरको उपचार गरेका छन् ।
एलियन भनिएको उक्त भालु हाल स्वस्थ भैसकेको
बताइएको छ । भालुले खाना तथा पानी खान सुरु
गरिसकेको र ऊ सुरक्षित अवस्थामा रहेको भन्दै वन
अधिकारीले त्यस भालुको जिउमा रौँ भने
नपलाएको बताए । सबै रौँ झर्नु र नयाँ रौँ पलाउनुको
कारणबारे अनुसन्धान भैरहेको छ ।
0 comments:
Post a Comment