Home » , » जहाँ, आमाहरु पैसाका लागि आफ्ना छोरीहरुको कुमारित्व बेचिदिन्छन.....

जहाँ, आमाहरु पैसाका लागि आफ्ना छोरीहरुको कुमारित्व बेचिदिन्छन.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

संसारमा हरेक आम आफ्ना छोराछोरीको खुसी
चाहन्छन् । आमाहरु आफुले दुख सहेर भएपनि
छोराछोरीको सुख देख्न चाहन्छन् । तर,
कम्बोडीयामा भने यसको ठिक विपरित आमाहरु नै
पैसाको लोभमा आफ्ना छोरीहरुको कुमारीत्वलाई
दाउमा मोलमोलाई गरेर बेचिदिन्छन् । त्यहाँ
चेलीहरुको इज्जत उनीहरुका आमाहरुका कारण
खतरामा पर्छ ।
सिएनएनले तयार पारेको एक रिपोर्टका अनुसार
कम्बोडीयामा महिलाहरु पैसाको लागि आफ्ना १०
देखि १२ वर्षका छोरीहरुको कुमारीत्व दाउमा
लगाउँछन् । उनीहरु साना उमेरका बालीकाहरुलाई
जबरजस्ती यौन धन्दामा लाग्न बाध्य बनाउँछन् ।
कम्बोडीयामा एउटा यस्तो ठाउँ छ, जहाँ पुरुषहरु
आफुलाई मन परेको युवती छनोट गर्छन र युवतीकी
आमालाई उसको मागअनुसारको पैसा दिएर यौन
कार्यका लागी लैजाने गर्छन् । पछिल्लो समय
कम्बोडीयामा बाल यान तस्करी समेत बढेको छ । तर,
यसका विरुद्ध विभिन्न संघसस्था तथा चर्चित
व्यक्तिहरुले अभियान सञ्चालन गरेपनि त्यो
प्रभावकारी हुन सकेको छैन ।
सिएनएनले तयार पारेको रिपोर्ट अनुसार ओस्कार
अवार्ड समेत जितेकी अभिनेत्रि मिरा सर्विनोले यस
अपराधबाट बालीकाहरुकाहरुलाई मुक्त गराउन
अभियान नै सुरु गरेकी थिइन, त्यस क्रममा उनको दुई
वर्षअघि यौन व्यापारमा लागेकी युवतीसँग
कुराकानी भएको थियो ।
ती युवतीले आफु १२ वर्षकी हुँदा आफ्नै आमाले जागिर
लगाइदिने भन्दै यौन व्यापारमा लगाएकी थिइन ।
ती युवतीलाई सुरुमा एउटा डाक्टरसँग पठाइएको
थियो । डाक्टरले युवती भर्जिन भएको प्रमाणपत्र
दिएपछि एउटा होस्टमा पठाइयो । जहाँ, उनी
लगातार दुई दिनसम्म बलात्कृत भइन् । ती
युवतीकाअनुसार उनकी आमाले जुन पुरुषसँग उनलाई
पठाइन उनी ५० वर्षका थिए ।
आमाले जारील लगाइदिने भनेपनि उनलाई कस्तो
जागीर भन्ने थाहा थिएन । जब उनलाई ५० वर्षीय
पुरुषले लगातार बलात्कार गरे त्यसपछि मात्र उनलाई
आफुलाई गलत कार्यमा लगाइएको महसुस भयो । ती
युवतीलाई पछि एक गैर सरकारी संस्थाले उद्धार
गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved