Home » » इराकमा १७ सय सैनिकको सामुहिक चिहान भेटियो

इराकमा १७ सय सैनिकको सामुहिक चिहान भेटियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

इराक: इराकको तिक्रित सहरमा आतंकबादी संगठन
इस्लामिक स्टेटबाट मारिएका एक हजार सात सय
जना इराकी सैनिको सामूहिक चिहान भेटिएको छ

ती सैनिकलार्इ मारेर पुरिएको १२ वटा सामूहिक
चिहान भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले
जनाएका छन् । हालै भएको घमासान लडाइँपछि
तिक्रितलार्इ आइएसको कब्जाबाट मुक्त गरिएको छ ।
सोही क्रममा आइएसबाट ती सैनिक मारिएको
बताइएको छ ।
समाचार अनुसार यी सैनिकहरु जुनमा भएको
भीडन्तका क्रममा मारिएका हुन् । उनीहरुलार्इ
अमेरिकी सैनिकको अखडा भन्दा बाहिर पक्रेर आइएस
लडाकूले मारेका थिए ।
यो चिहान नजिकै पहिले अमेरिकी सेनाको क्याम्प
रहेको थियो । भेटिएका मध्ये केही चिहान पूर्व
राषट्रपति सद्दाम हुसेनको निवास परिसरमा समेत
भेटिएका छन् ।
सद्दामको निवासलार्इ आइएसले गत वर्ष आफ्नो
मुख्यालयका रुपमा खडा गरेका थिए । शव भेटिएपछि
इराकी फोरेन्सिक टिमले १२ वटै चिहानको उत्खनन
थालेको छ ।
सन् २०१४ को जुनमा आइस लडाकूले सामाजिक
सञ्जालमा इराकी सेनाको हत्या गरिएको तस्बिर
सार्वजनिक गरेका थिए ।
चिहानको उत्खननपछि शवको परीक्षणका लागि
प्रयोगशालमा पठाउने तयारी भएको छ । अहिलेसम्म
ती सैनिकका परिवारलार्इ पनि आफ्ना सदस्य
मारिएको खबर थाहा दिइएको छैन ।
जाँच दलका एक सदस्य खालिद अलअतबीले उत्खननबारे
समाचार एजेन्सी रोयटर्ससँग भने, 'यहाँ मन थाम्नै
नसकिने दृश्य देखिएको छ । हामी आफ्नो आँसु रोक्न
सकेका छैनौ । के कुनै मानिसले १७ सय सैनिकलार्इ
यसरी मार्न सक्छ ।'
सेनाको यो कत्लेआमले इस्लामिक स्टेटविरुद्द
कारबाही गर्न बाध्य पारेको थियो । शिया
लडाकूले पछिल्लो साल इस्लामिक स्टेटलार्इ पछि
हटाउन सफल भएका थिए । तर उनीहरुमाथि पनि युद्ध
अपराधको आरोप लागेको छ ।
इस्लामिक स्टेटको सबैभन्दा बलियो अखडा इराकको
मसुल शहर हो । जसलार्इ आइएसबाट मुक्त गराउन
इराकी र अमेरिकी सैनिककालागि ठूलो चुनौति
रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved