भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धनगढी: सुदूरपश्चिमेलीहरुले नयाँ वर्षका दिन मनाउने
विसु पर्वका लागि मुग्लानबाट स्वदेश फर्किनेहरु
बन्दको मारमा परेका छन् । एकीकृत नेकपा माओवादी
नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दले उनीहरुको
विचल्ली भएको हो ।
दैनिक ज्याला मजदुरी गर्ने मजदुर र रोजगारीलागि
भारत गएर नया वर्षका लागि घर फर्केका
सुदूरपश्चिमबासीहरु बन्दका कारण कैलाली र
कञ्चनपुरका बसपार्कहरुमा अलपत्र परेका छन् ।
‘भारतबाट घरजान भनि आयौं हजुर, घर कहिले पुगिने
हो थाहा छैन’ धनगढी बसपार्कमा अलपत्र परेका
अछाम कालागाउका मिठ्ठु परियारले भने ।
विदेशबाट लामो समय पसिना बगाएर केही कमाएर
घर फर्कीएकाहरु कतिबेला घर पुगिने हो, होईन भनेर
अन्यौलमा छन् । नयाँ वर्षका लागि विदेशबाट
फर्कीएका र विदेश जान हिडेकाहरु लगेज र झोला
लतार्दै खुला सडकमा हिडिरहेका देखिन्थे ।
‘बन्द हो भन्ने थाहा पाए, एक दुई दिनमा आउथ्यौं तर
यहाँ आएपछि बन्द भयो भन्ने कुरा थाहा भयो’
भारतवाट आएका डोटी वाईलका विरभान सिहले
भने । ‘यो माओवादी बन्द मात्रै किन गर्छन हजुर ?’
उनको प्रश्न थियो ।
धेरै मजदुरी गर्नेहरुलाई मिडियासम्मको पहुँच नहुने
भएकाले पनि उनीहरु बन्दबारे थाहा पाउदैनन् । सधैं
चल्ने यात्रु भन्दा आमहड्तालको सबैभन्दा बढी मारमा
भारतबाट घर फकिर्दै गरेका नपालीहरु परेका छन् ।
भारतमा रोजगारी गरेर फकिर्एका मात्रै हैन
औषधोपचार गरेर फकिर्एकाहरु पनि समस्यामा परेका
छन् ।
0 comments:
Post a Comment