Home » » पैसा पठाउने पालो पर्खिंदा पर्खिंदै मलेशियामा ज्यान गयो...

पैसा पठाउने पालो पर्खिंदा पर्खिंदै मलेशियामा ज्यान गयो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,
चैत १९ – छोरो बिदेश गएको तीन महिना
पुगेपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे
पलातीकी राधा पौडेलको मन फुरुंग थियो ।
लोग्ने अर्कै श्रीमतीसित बसेपछि एक्लै
हुर्काएको, पढाएको र ऋणपान गरेर विदेश
पठाएको छोराको कमाई आउला र खाउँला
भनेर आश गर्ने धेरै आमाजस्तै राधा पनि छोराको
कमाई पर्खेर बस्नु भएको थियो । तर छोरोले
पठाएको कमाईको साटो बिदेश गएको पाँच
महिना पुग्दा छोरोको मृत्युको खबर आयो ।
सपनामा पनि कल्पना नगरेको छोरा मरेको
खबरले राधा पौडेललाई स्तब्ध पारेको छ ।
छोरोको मृत्युको खबरपछि राधा मुर्छा
पर्नुभयो । छोराको मृत्युसँगै राधाको टेक्ने भूई
र समाउने हाँगो सकिएको छ ।
दुई श्रीमती भएका कारण राधाका पति
राधासित बस्दैनन् । साथमा रहेको जेठो
छोराले पढ्ला, कमाउला र दुखले भरिएको
जिन्दगीमा सुखका मुना पलाउलान् भनेर देखेको
सपना छोराको मृत्यसँगै तुहिएपछि राधाको
जिन्दगीमा दुःखमाथि दुःख थपिएको छ ।
राधाका छोरा श्यामले आमाको दुःखलाई
सुखमा परिणत गर्न निकै मेहनत गरे । मेहनत गरेर
पढ्ने श्याम स्कूलमा राम्रो अंक ल्याएर पास
हुन्थ्ये । छोराले राम्रो ल्याएको अंक देखेर फुरुङ
हुन्थिन आमा । पढाईमा मात्र होइन घर
व्यवहारको काममा पनि राधालाई छोरा
श्यामको सहयोग र साथ थियो । भनेको
समयमा भने जसरी सबै काम ट्याक्क मिल्ने गरी
गर्ने छोराका सिप देखेर छक्क पर्नुहुन्थ्यो पौडेल
। पढाई र सीप उत्तिकै मिलेको देख्दा उहाँलाई
लाग्थ्यो छोराले पक्कै सुख दिन्छ । जीवन
फेरिन्छ ।
तर बिदेशमा धन कमाउन घरबाट विदा भएको ५
महिना हुँदा नहुँदै छोराको मृत्युको खबर आयो
। ‘वेदनाले मुटु फुटला जस्तो भो । सुख र खुशी
ल्याउने सपना देखाएर गएको छोराले कहिल्यै
नमेट्ने पीडा आँशु छोडेर सदाका लागि विदा
हुन्छ भन्ने लागेको भए कहिल्यै छोराको विदाई
गर्ने थिईन’ उहाँले आफ्नो वेदना पोख्नुभयो ।
कमाई गर्न भन्दै मलेसिया उडेको छोरो गएको ५
महिना पनि हुन नपाउँदै बिते पछि उहाँ
विचलित हुनुहुन्छ ।
दुई छोराको पढाई र घर खर्च कसरी चलाउने भन्ने
तनाव झेलिरहेकी राधालाई जेठो छोरोको
मृत्युले थप पीडित बनाएको छ । श्याम
राधाका जेठा छोरा थिए । श्यमको कमाईले
अरु दुई छोरा पढाउला र बढाउला भन्ने
राधाका सपना श्यामको मृत्युसँगै चितामा
जलेका छन् ।
पढाई राम्रो भए पनि कमाई हुने जागिर
नपाएपछि छोरा श्याम पाँच महिना अघि
मलेसिया हान्निएका थिए । मलेसियामा
काम नपाउँदा छोरा ठगिएला भनेर उहाँले
मामाको छोराले काम गर्ने काठमाडौँ
वनस्थलीको म्यानपावर कम्पनीमार्फत छोरा
श्यामलाई विदेश पठाउनुभयो । तर दैवको
अगाडि कसको के लाग्छ र ?
कामका लागि मलेसिया गएका श्यामको मृत्यु
के कारणले भयो भन्ने कुरा अझै खुलिसकेको छैन ।
श्यामको परिवारले साथीभाईले कुटपीट गरेर
हत्या गरेको आरोप लगाएका छन् । परिवारका
अनुसार महिनैपिच्छे पैसा पठाउँदा खर्च धेरै हुने
भएकाले कमाई भएको पैसा साथीभाइ मिलेर
आलोपालो गरी रुटिन बनाएर तीन चार
महिनाको अन्तरमा परिवारलाई पठाउने गरेका
थिए । ४/५ जना मिलेर एकै कोठामा बस्दै
आएका श्यामले आफुले कमाएको रकम अलि धेरै
भएपछि घरमा पठाउन पालो पर्खेर अरु
साथीलाई दिएका थिए । साथीभाइलाई
दिएको पैसा फिर्ता आउँछ र घरमा पैसा
पठाउँला भन्ने सोचेका श्यामले साथीभाईले
समयमा पैसा नदिएकाले घर पठाउन नपाएको
गुनासो गरेका थिए आमा राधासँगको
टेलिफोनमा । त्यसैले, श्यामको परिवार
उनलाई श्यामकै साथीभाईले मारेको शंकामा
छ ।
पैसा फिर्ता माग्दा छोराको कुटपीट गरी
हत्या गरेको परिवारको आरोप छ भने श्याम
आफैंले आत्महत्या गरेका उनीसँग बस्ने
साथीभाईले दाबी गरेका छन् । तर आमा
राधाले आफ्नो छोरा हिम्मतिलो भएकाले कुनै
पनि हालतमा आत्महत्या गर्नै नसक्ने बताउनुहुन्छ
। छोराकोे मृत्युपछि पनि श्यामले काम गर्ने
कम्पनीले काम गरे वापत दिनु पर्ने रकम नेपाल
नपठाएको राधाले बताउनुभयो ।
श्याम त प्रतिनिधि पात्र मात्र हुन् । खाडी
मुलुक गएका धेरै नेपाली आफ्नै साथीभाई बाटै
ठगीमा पर्छन् । यस्तै मारमा परेका र
साथीभाईबाट ठगिएकाहरुको संख्या
मलेसियामा मात्र हैन खाडी मुलुकमा पनि
बढ्दैछ ।
काभ्रे पनौतीका राजेश खत्री मलेसिया गएको
३/४ वर्ष भयो । यसबीचमा उहाँ पनि आफ्नै
साथीभाईबाट ठगिनुभयो । खत्रीकी
श्रीमती लक्ष्मीका अनुसार साथीभाइले
लिएको पैसा फिर्ता नगर्दा उहाँले पैसा
नपठाएको धेरै भयो ।
ऋण गरेर विदेश गएकाहरु आफुले पठाएको रकमबाट
घर परिवारले एक किस्ता तिर्न पुगोस भन्ने
ठान्छन् र आफ्नो कमाई साथीभाइसँग मिलेर
रुटिन बनाई पालैपालो पैसा उठाएर घर पठाउँछन
। तर आफ्नो परिवारलाई पैसा पठाएपछि
साथीलाई धोका दिने नियत भएका केही
साथीकै कारण श्याम जस्ता युवाले ज्यान समेत
गुमाउनु परेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved