Home » » यौन सन्तुष्टि नपाएपछि ‘सेक्स पार्टनर’ सँग विवाद हुँदा हत्या.....

यौन सन्तुष्टि नपाएपछि ‘सेक्स पार्टनर’ सँग विवाद हुँदा हत्या.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत १८– राजधानीको धुम्बाराईमा
बुधबार बिहान भएको युवती हत्याको घटना ‘सेक्स
पार्टनर’ ले यौन सन्तुष्टि दिलाउन नसकेपछि भएको
खुलासा भएको छ ।
हत्याको अभियोगमा पक्राउ परेका काठमाडौंको
मैतिदेबीका ३८ वर्षीय प्रितम मानन्धरले
दार्जलिङकी जोत्सना तामाङलाई यौन विवादकै
क्रममा हत्या गरेको खुल्न आएको हो । उनले प्रहरीलाई
दिएको बयान अनुसार रक्सीले मातेकी जोत्सनालाई
सेक्स चाहना अत्याधिक भएको आफूले चाहना पुरा
गर्न नसकेपछि विवाद बढ्दा रक्सीको सुरमा हत्या
गरेका हुन् ।
काठमाडौंका धुम्बाराई ४ प्रगतीटोल स्थित रेणु
भट्टराईको घरको तेस्रो तलामा डेरा गरी बस्ने
जोत्सनालाई आफ्नै कोठाको ट्वाईलेटको झ्यालबाट
धकेली सडकमा फालेर मानन्धरले हत्या गरेका थिए ।
बयान अनुसार झण्डै दुई महिना अगाडी मात्रै उनी र
जोत्सनाबीच उनको बिजनेस पार्टनर रञ्जु थापा
मार्फत चिनजान भएको थियो । चिनजानपछि निकै
घनिष्ट सम्बन्ध भएका बीचहरुबीच कोठामा आउजाउ
समेत हुँदै आएको थियो ।
जोत्सनाको कोठामा खानपीनको लागि भन्दै
हप्ताको एक दिन पुग्ने प्रितम गएराती भने
जोत्सनाको कोठामा रक्सी खान पुगेका थिए ।
त्यतिबेला उनीसँग सातदोबाटोमा बस्ने
जोत्सनाको साथी पवित्रा लिम्बु समेत थिइन् ।
तीनजना बसेर रातीको १२ः१५ बजे सम्म रक्सी
खाएको र प्रितम र तामाङ्ग एउटा वित्रा अर्को
कोठामा सुत्न गएका थिए ।
रक्सीको सुरुमा प्रितम र जोत्सनाबीच एक पटक
शारिरिक सम्बन्ध भएको र त्यसको केही समय पछि
दुवैजना बाहिर भएको लिभिङ्ग रुममा आएका थिए ।
रक्सीको कारण निकै यौन उत्तेजना बढेकी
जोत्सनाले थप यौन सम्पर्कका लागि प्रितमलाई
ट्वाईलेटमा आउ भनि बोलाएकी थिइन् । त्यहाँ
पुगेपछि उनले प्रितमलाई ‘ तेरो को केटी साथी छ ?
मेरो चाहना किन पुरा गर्न सक्दैनस् ’ भन्दै गाली
गरेकी थिइन् ।
सो क्रममा दुबैबीच विवाद भएको र सोही क्रममा
प्रितम र जोत्सनाको बिच धकेला धकेली भई प्रितमले
जोत्सनाको हात समाती ट्वाईलेटको झ्यालबाट
बाहिर हुत्याएको बयान दिएका छन् ।
त्यसपछि पनि रक्सीको सुरमा प्रितम ट्वाईलेटबाट
कोठामा आई आनन्दसँग सुतेको बिहान ५ः०० बजे
पवित्राले जोत्सनालाई उठाउन जाँदा
विस्तारामा जोत्सनालाई नदेखेपछि खोजतलास
गर्दा मृत अवस्थामा भेटिएको थियो ।
रुममा जोत्सना नभएपनि ‘कता भइछ’ भन्दै प्रितमले उल्टै
सोधखोजसमेत गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved