भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पाकिस्तानी र खालिस्तानी पनि मिसिए
५ असोज, काठमाडौं । भारतले नेपालमाथि
नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे
लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक
अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल
बनेको छ ।
नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल
आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा
नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका
थिए ।
यो ट्रेण्डमा हजारौं पाकिस्तानीहरु समेत सहभागी
भएका छन् भने भारतकै पन्जाबीहरु समेत भिडेका छन् ।
पन्जाबीहरुले स्वतन्त्र खालिस्तानको नारा पुनः
व्युँताउदै ब्याक अफ इण्डिया ट्रेडलाई समर्थन गरेका
छन् । नेपालीहरुले शुरु गरेको ब्याक अफ इण्डिया
ट्रेन्डलाई पाकिस्तानी ट्वीटेहरुलाई विश्वव्यापी
बनाउने अभियान चलाएका छन् । यो अभियानमा
पाकिस्तानी युवा युवती धेरै सहभागी भएका छन् ।
पाकिस्तानी नागकिर युसफ मल्लिक लेख्छन्-प्रिय
नेपाली दाजु भाइ ब्याक अफ इण्डिया ट्रेन्ड अब
विश्वव्यापी बन्दैछ, हामी यसलाई विश्वव्यापी
बनाउनेछौं, तपाईहरु ट्वीट गर्दै जानुस् ।
त्यस्तै पन्जाबी नागरिक जसदीप सिंहले यो ट्रेण्डलाई
समर्थन गर्दै खालिस्तानमा राष्ट्रसंघीय हस्तक्षेप
आवश्यक रहेको औल्याएका छन् ।
‘भारतले हजारौं शिखहरुलाई मारेको छ, हामी
भारतबाट कुनै पनि मूल्यमा स्वतन्त्रता चाहान्छौं’
उनले लेखेका छन् ।
पाकिस्तानीहरुले स्थापित गरेको ‘ब्याक अफ
इण्डिया’ ट्रेण्डमा गोर्खाल्याण्ड नेपालीहरुको
जन्मस्थल भन्दै भारतले जबर्जस्ति कब्जा गरेकाले
नेपाललाई फिर्ता गर्नुपर्ने आवाज समेत उठाइएको छ ।
पाकिस्तानी किशोरी जारी अल्बी लेख्छिन्-
गोर्खाल्याण्ड नेपाली भूमी हो, भारतले कब्जा
गरेको छ । गोर्खालीहरुले भारतलाई बचाए तर,
बदलामा भारतले नेपाललाई के दिदै छ ?
यो ट्रेण्डलाई विश्वकै एक नम्बर बनाउने अभियान
चलाइएको पाकिस्तानी ट्वीटेहरुले जनाएका छन् ।
0 comments:
Post a Comment