Home » » प्रधानमन्त्रीलाई महन्थ ठाकुरको जवाफः आफै वातावरण बिगार्ने, अहिले वार्तामा बोलाउने ?

प्रधानमन्त्रीलाई महन्थ ठाकुरको जवाफः आफै वातावरण बिगार्ने, अहिले वार्तामा बोलाउने ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ठाकुरलाई भेटन् प्रधानमन्त्री तमलोपा कार्यालय
विजुली बजार पुगे

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशील
कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका
अध्यक्ष महन्थ ठाकुरबीच आज मुलुकको पछिल्लो
राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ ।
बिजुली बजारस्थित तमलोपाको केन्द्रीय
कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री
कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै
समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन
अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।
जवाफमा अध्यक्ष ठाकुर र उक्त पार्टीका अन्य
नेताहरुले सरकार र प्रमुख राजनीतिक दलहरुले नै
वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर
वार्तामा बस्न आफूहरुलाई अप्ठेरो भएको
बताउनुभएको थियो ।
छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश
आचार्यका अनुसार मधेसवादी दलहरुले उठाएका
अधिकांश माग संविधानमा सम्बोधन भएको तथा
सम्बोधन हुन केही त्यस्ता बुँदाहरु बाँकी रहेका भए
वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने
तथ्य प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो ।
सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा
भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई
सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरुले नै
वार्ताको वातावरण बिथोलेको बताउनुभएको
थियो ।
आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा
बस्न आफूहरुलाई अप्ठेरो पर्न जाने उहाँको भनाइ
थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता
दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको
उहाँले जानकारी दिनुभयो ।
तमलोपाका नेताहरुले प्रधानमन्त्रीलाई आन्दोलनबाट
तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै
समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने
बताउनुभएको थियो । source:-dainiknepal

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved