Home » » 'नेपालमा कसैले नाकाबन्दी लगाउन सक्दैन'

'नेपालमा कसैले नाकाबन्दी लगाउन सक्दैन'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा : एकीकृत
माओवादीका नेता एवम्
सभासद् जनार्दन शर्माले
नेपाली जनताले संविधान
जारी गर्दा कसैले हस्क्षेप र नाकाबन्दी लगाउन नसक्ने
बताएका छन् ।
नेपाली जनताको भावना र हित समेटेर नयाँ
संविधान घोषणा भएकाले यसविरुद्ध कसैले पनि देशमा
नाकाबन्दी र ताल्चा लगाउन नसक्ने उनले बताए ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले मंगलबार
पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता
शर्माले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने
काम कुनै नगरिएकाले नेपाली जनताले स्वतन्त्रपूर्वक
गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप
स्वीकार्न नसकिने धारणा राखे।
'नयाँ संविधानका धाराको व्याख्या गर्दै गर्याैं भने
अहिले असन्तुष्ट रहेका मधेसी र जनजाति पनि
समझदारीमा आउँछन्', उनले भने, 'बन्दुक हानेर मात्रै
समस्याको समाधान नहुने भएकाले आन्दोलनरत पक्ष
वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्छ ।'
उनले नेपाली युवामा राष्ट्रवादी भावना बढ्दै
गएकोमा खुसी व्यक्त गरे । सो कार्यक्रम सङ्घका
अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा भएको
थियो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved