भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । संविधान निर्माणमा असन्तुष्ट
भारतले एक वब्तव्य जारी गरेको २४ घण्टा
नबित्दै नेपाल ल्याउन लागिएको तेल
ढुवानीमा रोक लगाएको छ ।
आयल निगमका अनुसार भारतीय डिपोबाट
लोड भएर नेपालतर्फ हिडेका गाडीहरुलाई
केन्द्रिय सरकारको आदेश भन्दै रोकेकोे छ ।
तराई–मधेस आन्दोलनका कारण असुरक्षा बढेको
भन्दै ति लोड भएका गाडीहरु भारतको
रक्सौलमा रोकिएका हुन् । भारतीय
अधिकारीहरुले नेपाली अधिकारीहरुसँग
सुरक्षा सहित लैजान भनेका छन् तर भारतीय
भुमिमा नेपाली सुरक्षाकर्मीले कसरी सुरक्षा
दिन सक्छन ? आयल निगम बताउँछ ।
नेपालको भुगोलमा यसअघि रातको समय
पारी सुरक्षाकर्मीले सुरक्षा दिदै ल्याउने
गरिएको थियो । यसबाट मंगलबारदेखि नै
भारतले तेलमा नाकाबन्दी लगाएको बुझ्न
सकिन्छ ।
0 comments:
Post a Comment