Home » » सुनसरीमा फेरी निषेधज्ञा जारी : सेना परिचालनको तयारी

सुनसरीमा फेरी निषेधज्ञा जारी : सेना परिचालनको तयारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


४ अशोज – जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी राजमार्गको खनार सडक खण्ड देखी दक्षिण बुढिखोला ५०० मिटर आसपासको क्षेत्रलाई निषेधज्ञा
जारी गर्दै नेपाली शेना परिचालनको तयारी थालेको
छ । आन्दोलनरत मधेशीदलका मोर्चाले सुनसरीको
दुहबी नगरपालीका परिषरमा आइतबार राती आग्जनी
गरेपछि सोमबार बिहान बसेको शुरक्षा समितिको
बैठकले सोमबार बिहान ११ बजे देखी सो षेत्रमा
निषेधज्ञा जारी गरेको हो ।
आन्दोलनको नाममा आपसी सदभाव खलबलिने
कृयाकलाप देखिएकोले कोशी राजमार्ग अन्तरगत
सुनसरीको खनार स्थित ट्रान्सपोर्टलाइन देखी
दक्षिण बुढिखोलाको ५०० मिटर आसपासको
क्षेत्रमा निषेधज्ञा जारी गरीएको सुनसरीका प्रमुख
जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी
दिनुभयो ।
आवश्यक परेको खण्डमा नेपाली शेना परिचालन गरीने
प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले
बताउनुभयो । प्रसाशनले निषेधज्ञा जारी गरेपनि
मधेशी मोर्चाले सोमबार बिहानैदेखी प्रदर्शनलाई
जारी राखेका छन भने सो क्षेत्रमा बाक्लो
शुरक्षाकर्मीहरु परिचालन गरीएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved