भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आश्विन ५, २०७२- पूर्वप्रधानमन्त्री तथा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले
नेपालको संविधन जारी नेपाली
जनताको स्वविवेक र स्वाभिमानको
विषय भएको बताए । ‘संविधान
सभाबाट हामीले चाहेजस्तो संविधान
आएको होइन तर सम्पूर्ण दुर्घटना हुनबाट
जोगिएको छ,’ दाहालले भने, ‘आफ्नो
बारेमा आफैंले फैसला गर्न नेपाल सक्षम छ
भन्ने स्थापित गर्न चाहेका हौं । हामी
कसैको दवाव र झुकावमा जान सक्दैनौं ।’
नेता दाहालले भारतले नेपालमा
संविधान जारी भएप्रति असन्तुष्टि
जारी गर्दै नाकाबन्दी गरेको चर्चा
चलेप्रति शीर्षस्थ दलहरुबीच गम्भीर
छलफल हुने बताए । ‘यो संविधान कुनै
देशको विरोधमा होइन र छैन,’
भारतसित सुगौली सन्धिदेखि यता
नेपालको शिर निहुरिएको उल्लेख गर्दै
उनले भने, ‘नेपालले नैसर्गिक सार्वभौम
अधिकारको प्रयोग गर्दा भारतीय
जनताले जनाउनु पर्छ । हामी लडाइँ,
झगडा गर्दैनौं । यदि नाकाबन्दी गरेमा
हामी गाडी छाडेर साइकलमा चढ्ने छौं
।’ आदिवासी जनजाति, मधेसी, थारु,
मुस्लिमका मुद्धा देशको आन्तरिक
मामला भएकोले यसको समाधान हामी
आफैंले गर्ने भएकाले कुनै राष्ट्रले होच्याउछ
भने प्रतिवाद गर्न तत्पर रहेको समेत
दाहालले बताए ।
एमाओवादीका पोलिटब्युरो सदस्य
गोपाल किरातीको ‘प्रचण्डपथको
विजय’ नामक पुस्तक सार्वजनिकीकरण
सामारोहमा नेता दाहालले उक्त
अभिव्यक्ति दिएका हुन् । ‘हामी
आफ्नो आन्तरिक समस्या समाधान आफैं
तयार छौं,’ नेपाली जनताको दह्रो
एकताको आवश्यकता रहेको उल्लेख गर्दै
उनले भने, ‘तर हामी नेपालीको शिर
निहुरिने गरी कसैसित झुक्दैनौं । हामी
सबैले भीष्म प्रतिज्ञा गरौं ।’
समारोहमा उपस्थित भारतीय पत्रकार
आनन्द स्वरुप बर्माले भारतले नेपाली
जनताविरुद्ध आर्थिक नाकाबन्दी गर्नु
लाजमर्दो विषय भएको बताए । ‘आज
मेरो देशको प्रधानमन्त्रीले नेपाली
जनताविरुद्ध आर्थिक नाकाबन्दी गर्नु
लज्जास्पद कुरो हो,’ युद्धकालमा मात्र
आर्थिक नाकाबन्दी हुने उल्लेख गर्दै उनले
प्रश्न गरे, ‘भारत को हो ? यस्तो
अधिकार कसले दियो ? अर्को
सार्वभौम छिमेकी राष्ट्रलाई यस्तो
गर, उस्तो गर भन्ने दादागिरिको जवाफ
के हुनसक्ला ?’
देशका जनताले आफ्नो भाग्यको फैसला
आफैं गर्नसक्ने र ठूलो देशले छिमेकी
मुलुकप्रति धावा बोल्न नहुने नेपालबाट
जानकार पत्रकार बर्माले उल्लेख गरे ।
0 comments:
Post a Comment