भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धरान, ४ असोज ।
बन्दकर्ताहरू आफ्ना पार्टीका माग पूरा गराउन
जनतालाई दुखकष्ट हुनेगरी बजार बन्द गराउँदै हिंडेका
बन्दकारीलाई धरान बजारमै जनताले रामधुलाई गरेका
छन् ।
संविधान घोषणा हुने खुशीयालीमा धरान‐ १७
रेल्वेका स्थानीयवासी दिपावली मनाउने तयारी
गरिरहेका बेला बजार बन्द गराउँदै हिँडेका संघीय
समाजवादीका कार्यकर्तालाई स्थानीयले कुटपिट
गरी लघारेका हुन् ।
करिब ११ वटा मोटरसाइकलमा झण्डै २२ जनाको
संख्यामा बिहान ११ बजे रेल्वेचौकमा बन्द गराउँदै
बन्दकर्ताहरु पुगेका थिए ।
रेल्वे बुक डिपोमा बन्द गराउन खोजेपछि स्थानीयले
यसको एकमुखले विरोध गरे । उनीहरुले तपाईंका माग
पूरा गराउन हामीलाई किन दुख दिनुहुन्छ भनी
असहमति जाहेर गरे । तर बन्दकर्ताहरु जबर्जस्ति बन्द
गराई छाड्ने भन्दै आक्रामक रुपमा प्रस्तुत भएपछि
स्थानीय जनता पनि भिड्नु परे भिड्ने तर बन्द नगर्ने
पक्षमा रहे । यसबीचमै दुई पक्षबीच झडपको स्थिति
बन्यो ।
स्थानीय जनता ढुंगा, ईंटा, चिर्पट र फलामका रड
सहित लिएर बन्दको प्रतिकार गर्न तयार भए । दुई
पक्षबीच झडप भयो । भिडन्तमा स्थानीयको
प्रहारबाट संघीय युवा संघ सुनसरीका सचिव कुमार
दर्नाल, विद्यार्थी नेता सन्तोष कुरुम्बाङ, युवा नेता
ताजुव लिम्बु लगायत ८ जना घाइते भएका छन् ।
बाक्लो संख्यामा प्रहरीको तत्कालै उपस्थिति
भएकाले आन्दोलनकारी थप घाइते हुनबाट बचेका छन् ।
घाइतेमध्ये बढी चोटपटक लागेका दर्नालको
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गरिएको छ ।
स्थानीय सुवास राईको पुस्तक पसल रेल्वे बुक डिपोमा
कार्यरत उर्मिला राईले पसल बन्द गर्न नमानेको र
बन्दकर्ताले उक्त बुक डिपोका सिसा फुटाइदिएका
थिए ।
स्थानीय मनोज भट्टराईका अनुसार जनता
स्वतःस्फूर्तरुपमा खुशीयाली मनाउने क्रममा रहेका
बेला बन्दकर्ताले पुर्याएको अवरोधलाई पन्साउँदा
सामान्य झडप भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी
सुदमकुमार सिजापतिले स्थिति सामान्य रहेको
प्रतिक्रिया दिए ।
0 comments:
Post a Comment