भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाल सदभावना पार्टीका अध्यक्ष राजन्द्र महतोले
आइतबार घोषणा गरिएको सविधान २०७२ जलाएका
छन्।
नेता महतोले सोमबार बिहान नारायाणी
उपक्षेत्रीय अस्पताल परिसरमा नै संविधान जलाएर
विरोध जनाएका हुन्। आइतबार प्रहरीको गोलीबाट
घाइते भएका प्रर्दशनकारीहरुसँगको भेटपछि सविधान
जलाउँदै थारू-मधेसले पाएको अधिकारलाई पनि
खोसने प्रतिगमन कारी सविधान मधेस थरुहटलाई
कुनैपनि हालतमा मान्य नहुने बताए।
उनले सोमबार दिनभइ मधेशमा सविधानको
प्रतिलिपी दहन हुने बताउँदै राज्यले मचाएको
आतंकको बिचमा घोषणा गरिएको सविधान आफूलाई
कुनै पनि हालतमा मान्य नहुने बताए। उनले आन्दोललाई
अझ सशक्त बनाउने चेताउनी दिँदै अधिकार प्राप्त
नभएसम्म लडाइ जारी रहने बताए।
नेता महतोले भने,‘यो सविधान २५० बर्षदेखि शासन
गर्ने कोइराला,ओली र दाहलहरुको संविधान हो,
मधेसी –थारुको अधिकार कटौती गर्ने सविधान कुनै
पनि हालतमा मान्य हुँदैन'। मधेमा रहेका सवै दलहरुसगं
सहकार्य गरि वृहद मोर्चाबाट आरपार लडाइ लडने
बेला आएको उनको धारण रहेको जियो। उनले
स्वायताको नाममा प्रदेशहरुलाई जिल्ला विकास
समिति भन्दा पनि कम अधिकार दिएकोले यो
सविधान प्रतिगमनकारी सविधान भएको नेता
महतोको भनाइ थियो।
0 comments:
Post a Comment