Home » » के तपाईलाई ब्लड प्रेसर छ ? यसो गर्नुहोस् !

के तपाईलाई ब्लड प्रेसर छ ? यसो गर्नुहोस् !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

के तर्पांलाई ब्लड प्रेसरले सताएको छ ? ब्लडप्रेसरको उपचार गराउन कैयन
अस्पताल धाएर पनि दिक्क हुनुभएको छ भने यी धरेलु उपचार
गर्नुहोस् ।यसले तपाईंलाई राहत दिन सक्छ । नेपालमा परम्परागत
रुपमा घरेलु उपचार हुने गरेको छ भने दैनिक रुपमा प्रयोग गरिने खाद्य
सामग्रीहरु पनि औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।
हामीले खाने
तरकारीमा मेथी फुराउने गरेका छौं । त्यसका साथै
लसुन पनि पिसेर हाल्ने गरेका छौं जसका कारण खाना स्वादिष्ट बन्ने गर्दछ ।
मेथी खाना स्वादीष्ट पार्ने मसला मात्र नभएर
रक्तचापको अचुक औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।
रक्तचापका बिरामीले मेथिको साग र मेथिको गेडा अत्याधिक
रुपमा प्रयोग गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।
त्यसैगरी हामीले
कहिलेकाँही प्रयोग गर्ने
हिमाली जडिबुटी जटामसीको दैनिक
दुई पटक प्रयोग गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।त्यस्तै
पीप्लाको फल दुई ग्राम र अश्वगन्धा ३ ग्राम मिसाएर दिनमा एक
पटक सेवन गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ । हाम्रै घरमा पाइने
रुख कटहरको पाकेको फल वा यसको पत्ताको रस नियमित सेवन गर्नाले उच्च
रक्तचाप नियन्त्रणमा आउँछ ।
Causes of High Blood Pressure:
उच्च रक्तचाप नियन्त्रणका लागि अर्को घरेलु औषधिका रुपमा कमलको फूल
प्रयोग गर्न सकिन्छ । तीन वटा कमलको फुललाई
पानीमा उमालेर सक्खर मिसाएर प्रयोग गर्दा रक्तचाप
नियन्त्रणमा आउँछ ।
सर्पगन्धाको जुणेको धुलो बनाएर दुई ग्रामका दरले दिनमा दुई पटक प्रयोग गर्नाले
रक्तचाप सन्तुलनमा आउँछ । हिङ्गको प्रयोगले पनि रक्तचापलाई
सन्तुलनमा राख्छ । यसको प्रयोग नियमित गर्नले अन्य रोग
नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै
लसुनको पोटी हरेक दिन सवेरै खाली पेटमा दुई
पोटी लसुन खानाले रक्तचाप लगायत अन्य रोग
नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै प्याज उच्च
रक्तचापका विरामिका लागि अचुक औषधि हो ।
आधुनिक विज्ञानको अनुसन्धानले पनि प्याजमा क्वरसेटीन
रसायन पाइने र उक्त रसायनले
एन्टी अक्सीडेन्ट फ्लोवेनेल उत्पादन गर्ने र
हृदय रोग नियन्त्रणमा यो रसायनले औषधिको काम गर्ने
प्रमाणीत भएको छ । यसले उच्च रक्तचाप
नियन्त्रणमा पनि भुमिका खेल्दछ । अब तपाईंले यी घरेलु
औषधिको प्रयोग गर्नुभयो भने उच्च रक्तचाप त हराउँछ नै अन्य
रोकको संक्रमण पनि घट्ने सम्भावना पनि उच्च रहन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved