Home » » चीनले भारतलाई ‘युद्ध हुन सक्ने देश’को सूचीमा राख्यो....

चीनले भारतलाई ‘युद्ध हुन सक्ने देश’को सूचीमा राख्यो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

छिमेकी चीनको चिनियाँ जनमुक्ति सेनाले चीनको
हवाइ क्षेत्रमा खतरा पैदा गर्ने देशको सूचीमा अर्को
छिमेकी भारतलाई समेत समावेस गरेको छ । अमेरिका,
जापान, ताइबान र भियतनामलाई पनि राखिएको
‘खतरा पैदा गर्ने राष्ट्र’को सूचीमा भारतपनि
परेपछि भारतमा हंगामा भएको छ ।
यी देशहरुले पैदा गरेको खतरालाई नियन्त्रण गर्न
चिनियाँ सेनाले तिव्र गतिका क्रुज मिसाइल र
नयाँ पीढीका बम वर्षक विमान आवश्यक पर्ने
सरकारलाई बताएको छ ।
जापानी समाचार एजेन्सी क्योदोका अनुसार
चीनको ‘एयर फोर्स कमाण्ड एकाडेमी’ ले पछिल्लो
वर्षको प्रतिवेदनमा अमेरिका, जापान , ताइबान र
भारत तथा भियतनामलाई चिनियाँ हवाइ क्षेत्रमा
असुरक्षा गर्न सक्ने र कुनै पनि पनि टकराव हुने देशको
सूचीमा समावेश गरेको उल्लेख छ ।
यो खतरना नियन्त्रण गर्नका लागि अत्याधुनिक
हतियारसहित सुसज्जित हुनु पर्ने चिनियाँ सेनाको
भनाइ छ ।
केही दिन अघि मात्र सैन्य दिवसको अवसरमा
चिनियाँ जनमुक्ती सेनाले सीमा क्षेत्रमा गम्भिर
सुरक्षा खतरा पैदा भएको रिपोर्ट प्रकाशित गरेको
थियो ।
दक्षिण चीन सागर तथा भारत, म्यानमार जस्ता
देशसँग जोडिएको सीमामा सैन्य तैनाथी बढाउनुको
कारणबारे स्पष्टिकरण दिँदै चिनियाँ सेनाले सीमा
क्षेत्रमा सैन्य गतिविधी बढाउनु पर्ने बाध्यता
बताएको थियो ।
चिनियाँ सेनाको मुखपत्रले निकालेको यो
प्रतिवेदनमा संसार अप्रत्यासित तरिकाले
बदलिइरहेको र यसले चीनको सुरक्षा चुनौती
थपिएको भनिएको छ । यसले गर्दा नयाँ नयाँ
टकरावको खतरा समेत देखिएको सेनाको मुखपत्रमा
उल्लेख छ ।
चिनियाँ सेनाको अखबारले चीनको समुन्द्री
सुरक्षाको वातावरण एकदमै जटिल बनेको छ भने
दक्षिणी चीन सागरमा पनि अवस्था विग्रिँदै
गएको छ ।
चिनियाँ सेनाले राष्ट्रिय एकता, क्षेत्रीय
अखण्डता र विकाश समेत समस्यामा परेको भन्दै सेना
देशमा शान्ति कायम गर्न प्रतिबद्ध रहेको एवं
महत्वपूर्ण मुद्धामा कुनै पनि सम्झौता नगर्ने उल्लेख छ ।
चीनले पछिल्लो समयमा स्थल तथा जल क्षेत्रमा
सीमा सम्बन्धि समस्याको सामना गरिरहेको छ ।
अफगानिस्तान देखि कोरयाली प्रायद्वीप तथा
भारत सम्म जोडिएको भूभाग तथा समुन्द्री क्षेत्रमा
सिंगापुर, जापान, ताइबान लगायतका देशसँग
चीनको टक्कर परिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved