भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं. २०७१ पौष १६ गते बुधबार
तदनुसार ई. सं. २०१४ डिसेम्बर ३१
तारिख, पौष शुक्ल दशमी,
अश्विनी नक्षत्र, मेष
राशिको चन्द्रमा,
सिद्धि योग, विष्टि (भद्रा)
करण
आजको मूहुर्त : अग्निवास(होमादि), अन्नप्राशन
(पास्नी), पसल थाप्ने, शिलान्यास(जग राख्ने),
घर छाउने/ढलान गर्ने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ ।
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग
गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट समेत
सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद
रहने छ । भौतिक साधनको जोहो हुनाका साथै
मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने
अवसर जुट्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक
लिने बानीले आफैलाई दुःख होला । मानसिक
एवं बौद्धिक क्षमता ह्रासता आउने छ ।
न्जिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु
पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर
पर्दो देखिन्न । सामान हराउने
वा धननाशको सम्भावना छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एकाबिहानै अप्रिय समाचारको आगमनले मन
खिन्न रहने दिन छ । शत्रुहरू हाबी हुनेछन् ।
आत्मबल घट्ने छ । मातापिता र अभिभावक
वर्गसँग सामीप्यतामा कमी आउने छ र
अरुको हीतका लागि गरिएको कामबाट अपजस
ब्यहोर्नु पर्छ । राज्यपक्ष र
सरकारी काममा विलम्ब हुनेछ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
आज जग्गाजमिनको कारोबार गर्दा असल हुने
सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट
मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट
पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र
नातागोताको सहयोग प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज पुराना साथीभाइसित अचानक भेटघाट हुने
र आकस्मिक लाभ मिल्ने दिन छ ।
कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व
सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ
हुनेछ । समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ
। नयाँ ज्ञान प्राप्त हुनेछ ।
घरपरिवारमा खुसीको वातावरण
सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अकारण वादविवादमा फस्ने र प्रतिफल
प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो ।
व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले
अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले
रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न
सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र
परोपकारका मार्गमा अवरोध हुनेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकाबिहानै अशुभ समाचार प्राप्त हुनाले
वा परिवारमा देखिने समस्याका कारण मन
खिन्न हुनेछ । घरमा विवाद, तनाव र
असमझदारी बढ्न सक्छ,
तपाईंको भावनाको मूल्यांकन
नजिकैका व्यक्तिले समेत गर्न सक्दैनन् । वर्तमान
समयलाई धैर्यता, संयमता र साृचविचार
गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै
नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,
यु) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्
। तर्कवितर्क, चिन्तन
आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ ।
आफन्तले तपाईंका विचार र
तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ,
दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र
भावुकतामा रमाउँदा रमाउँदै दिन
गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क
२ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ
। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
दाजुभाइको प्रगतिको समाचार सुन्न
पाइएला । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने
अवसर जुर्नेछ । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन
वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन
वा घरायसी सम्पत्तिको चिन्ताले सताउन
सक्छ । विगतमा गरेको गल्ती र
कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ ।
महत्वाकाङ्क्षी योजनामा हात हाल्नु
राम्रो हुँदैन । कृषि–चौपायाबाट
हानि पुग्नसक्छ । आजका लागि शुभअङ्क ९ र
शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन
गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ ।
बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई
पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये
आजको दिन विशेष महत्वको दिन हुनेछ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ९
र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन
अथवा व्यवसाय
वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन
सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले
आफ्ना विचारलाई कार्यान्वयन
गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर
पाउनुहुनेछ । प्रतियोगितात्मक
क्रियाकलापमा सफल हुनुहुने छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
0 comments:
Post a Comment