भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको मदानपुर
गाविसमा शनिबार एक गोठमा आगलागी हुँदा तीन
बालिकाको मृत्यु भएको छ ।
नुवाकोट जिल्ला प्रहरी कार्यलयका अनुसार
आगलागीमा परेर मदानपुर गाविस वडा नं. ९
पाखुरेकी २ वर्षिया फुच्ची लामा, ६ वर्षिया रश्वु
लामा र ५ वर्षिया दिक्षा लामाको मृत्यु
भएको छ। उनीहरु
गोठमा खेलिरहेका बेला एक्कासी आगलागी भएको
थियो ।
एकजनाको घटनास्थलमै, एक
जनाको उपचारको क्रममा तथा एकजनालाई
काठमाडौ लैजादै गर्दा बोटोमै मृत्यु भएको प्रहरीले
जनाएको छ।सदरमुकाम विदुरदेखि २७ किलोमिटर
पूर्वमा रहेको मदानपुर गाविस वडा नं. ९
पाखुरेमा स्थानीय फलिवहादुर
लामाको ढुंगामाटोले बनेको गोठमा परालबाट
आगो सल्केको भनिए
पनि आगलागी कसरी भयो भन्नेबारे अझै एकिन
जानकारी नआएको नुवकाकोट
प्रहरी कार्यलयका निरीक्षक वीरेन्द्र थापाले
बताए।
प्रहरीको टोली अहिले घट्नास्थल पुगेको छ।
फुच्चीको घटनास्थल,
रश्वुको नवदुर्गा माविमा भइरहेको स्वास्थ्य
शिविरमा उपचारको क्रममा र
दिक्षाको उपचाको लागि काठमाडौ लैजादै
गर्दा वाटामै मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्र
थापाले जानकारी दिए ।
0 comments:
Post a Comment