Home » » चीन, मलेशिया पठाउने भन्दै ठगी गर्ने समातिए.....

चीन, मलेशिया पठाउने भन्दै ठगी गर्ने समातिए.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

राजविराज: विदेश भ्रमणमा पठाउने भन्दै
ठगी गरेको अभियोगमा धनुषाको बनैनियाँ गोपालपुर
उपस्वास्थ्य चौकीकी अनमी ३२
वर्षीया निशाकुमारी झालाई प्रहरीले पक्राउ
गरेको छ । उपस्वास्थ्य चौकीमा कार्यरत
अनमीहरुलाई ठगी गरेको भन्दै प्रहरीले
नियन्त्रणमा लिएको हो ।
चीन, मलेशिया, हङकङ पठाउने भन्दै सप्तरीका पाँच
जना अनमीसँग एक लाख ९७ हजार रुपैयाँ उठाएर
बेपत्ता भएकी अनमी झालाई
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ
गरेको हो ।
पक्राउ परेकी अनमी झाविरुद्ध
ठगी मुद्दामा कारवाहीका लागि शुक्रबार साँझ
जिल्ला प्रहरी कार्यालय
सप्तरी ल्याइएको सप्तरीका प्रहरी उपरिक्षक
शिशिरकुमार कर्माचार्यले बताए ।
सप्तरीको बेल्ही ३ माइतीघर भई जनकपुर बस्ने
धनुषाको बनैनियाँ गोपालपुर उपस्वास्थ्य
चौकीकी अनमीले सप्तरीको बोरिया उपस्वास्थ्य
चौकीकी अनमी चन्द्रिकाकुमारी यादव, मलेठ
उपस्वास्थ्य चौकीकी अनमी रिमा यादव,
महदेवा उपस्वास्थ्य चौकीकी अनमी पंची यादव,
उनका श्रीमान रामअधिन यादव,
बसबिट्टी उपस्वास्थ्य
चौकीकी अनमी फुलकुमारी माझी,
उनका छोरा रुपेश राज, रामपुर जमुवा उपस्वास्थ्य
चौकीकी अनमी पार्वती मण्डल र उनका श्रीमान
रामकुमार मण्डलसँग एक लाख ९७ हजार
रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।
झाले विदेश भ्रमणका लागि सप्तरीबाट
पाँचजना अनमी र उनका परिवारका एक
जना सदस्यलाई तीन देशको भ्रमण गराउन बाल
स्वास्थ्य महाशाखाबाट खटी आएको भन्दै
प्रकृया खर्च बापत रुपैयाँ उठाएर
बेपत्ता भएको पिडितहरुले बताएका छन् ।
ठगीमा एक अर्को महिलाको समेत
मिलेमतो रहेको देखिएको छ । पैसा उठाउन
झा सप्तरी आउनु अघी निश्रु थापा नाम
बताएकी महिलाले ९८०३३४०३८३
नम्बरको मोबाइलबाट गत असोज २४ गते बाल स्वास्थ्य
महाशाखाबाट विदेश
भ्रमणको अवसरका लागि अनमी निशा झालाई
सप्तरी पठाइएको बताएकी पिडित अनमीहरुले
बताएका छन् ।
'ठगीको योजना अनुसार सप्तरी आएकी झाले
विश्वास जित्न फुलकुमारी र चन्द्रिकाका सामुन्ने नै
मोबाइलबाट लाउड स्पिकरमा निश्रु दिदी सम्बोधन
गरी कुराकानी गरेकी थिइन्'। ठगिएकी चन्द्रिकाले
भनिन्– 'विदेश भ्रमणमा जान पाइने भइयो भन्ने
घरपरिबारमा सुनायौँ, खुसीले पैसा सुम्पियौँ तर
आफ्नै कार्यक्षेत्र र पदको कर्मचारीले गठिसकेछन् ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved