Home » » नदी प्रदूषित गर्ने कम्पनीलाई तीन करोड डलर जरिवाना

नदी प्रदूषित गर्ने कम्पनीलाई तीन करोड डलर जरिवाना

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, पौष १७ । चीनको एक अदालतले
नदी प्रदूषित गर्ने छ कम्पनीलाई झण्डै तीन
करोड डलर बराबरको जरिवाना असुल्न आदेश
दिएको छ ।
ताइजोह शहरको दुई नदीमाथि प्रदूषण
फैलाएको आरोपमा दायर मुद्दामा अदालतले
ती कम्पनीलाई दोषी ठहर गरेको हो ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार
चीनमा यो अहिलेसम्मकै
ठूलो जरिवाना हो । ती कम्पनीले
नदीमा फालेको फोहोर २५ हजार टन
रहेको बताइएको छ ।
विकासमा चीनले तीब्र
गतिमा फड्को मारिरहेपनि त्यहाँका ७०
प्रतिशतभन्दा बढी नदी र तालतलैयाहरु
प्रदूषित रहेको सरकारी आंकडा छ ।
चीनमा बीस प्रतिशत खेतीयोग्य
जमीनपनि प्रदूषित बनेको बताइन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved