Home » » चिसोले गर्दा ओंठ फुट्यो ? यसो गर्नुस...

चिसोले गर्दा ओंठ फुट्यो ? यसो गर्नुस...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चिसो मौषममा ओंठ फुट्ने समस्या देखिन्छ । यदि तपाइँ पनि ओंठ फुटेर समस्यामा हुनु हुन्छ भने यहाँ ओंठ फुट्नबाट जोगाउने उपायको चर्चा गरिएको छ । जाडोमा चल्ने सुख्खा चिसो हावाले ओंठ चिरा चिरा हुने समस्या हुन्छ । 

फुटेको ओंठले अनुहारको शोभा नै विगारिदिने मात्र होइन दुखेर समस्या पनि हुन्छ । ओंठ फुट्नबाट बचाउनका लागि धेरै मेहनत गर्नु पर्दैन । सामान्य घरेलु उपायले ओंठ बचाउन सकिन्छ ।



    मह र गुलाव जल

एक चम्मच गुलाब जल र एक चम्मच महलाई मिलाउनुस् र को ओंठमा लगाउनुस् । १० मिनेटपछि मनतातो पानीले ओंठ सफा गर्नुस् । त्यसपछि ओंठमा लिप गार्ड लगाउनुस् ।


    कांक्राको जुस


काँक्रो काट्नुस् र पेष्ट बनाउनुस् । यसको टुक्राबाट जुस निकाल्नुस् । काँक्राको जुस ओंठमा लगाएर २० मिनेटपछि मन तातो पानीले ओंठ सफा गर्नुस् ।

    मक्खन र घिउ : रातिमा सुत्नु अघि ओंठमा मक्खन र शुद्ध घिउले मजाज गर्नुस् ।



    प्रयाप्त पानी: दिनमा कम्तिमा १० गिलास पानी पिउनुस् जसले गर्दा ओंठमा चिसो कायम हुन्छ र ओंठ फुट्दैन ।





    तोरीको तेल : सुत्ने समयमा नाभीमा तोरीको तेल लगाएर सुत्नुस् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved