Home » , » मुम्बईमा कपिलबस्तुका जलेर आठ युवाको ज्यान गयो...

मुम्बईमा कपिलबस्तुका जलेर आठ युवाको ज्यान गयो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कपिलवस्तु : भारतको मुम्बईस्थित भिवन्डी सहरको एक
काठ गोदाममा शनिबार भएको आगलागीमा जलेर ८
जना नेपालीको ज्यान गएको छ । ज्यान
गुमाउनेमा एकै गाउँका ५ सहित कपिलबस्तुका ८
जना नेपाली रहेको पुष्टि भएको छ ।
भिषण आगलागीमा परेर अन्य
तीनजना नेपाली पनि गम्भीर घाइते भएका छन् ।
ज्यान गुमाउने ५ जना कपिलबस्तुको कुशहवा-५
सतभरा गाउँका मुन्नीलाल अहिर, गणेश चौहान,
मुरली मुराउ, गौरी चौहान र सयल रैदास रहेका छन् ।
घटनामा ज्यान गुमाउनेमध्ये गौरी चौहान र गणेश
चौहान दाजुभाइ रहेको खुलेको छ ।
सोही घटनामा कपिलबस्तुकै अजय, नीरज र
तिलकरामले पनि ज्यान गुमाएका छन् ।
रोजगारीका लागि मुम्बर्इमा पुगेका विपन्न
परिवारका ती सबै युवा ज्यालादरीमा श्रम गर्थे ।
घटनामा गम्भीर घाइते भएका अन्य नेपाली युवाहरु
तितरे लोध, बुढे लोनिया र विनोद अहिर
पनि कपिलबस्तुको सतभरा गाउँकै हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुख्य
सहरबाट करिब १५ किलोमिटर
बाहिरको भिवन्डीस्थित काठ गोदाममै सुतिरहेकै
अवस्थामा उनीहरुले जलेका थिए ।
घटनापछि सुरक्षामा लापरबाही गरेको भन्दै
भिवन्डीमा रहेको प्रहरीले काठ गोदाम सञ्चालक
तीनजनालार्इ पक्राउ गरेको छ । घटनाबारे
उजुरी परिसकेको जनाउँदै त्यहाँस्थित बरिष्ठ
प्रहरी अधिकारी अनिल आँकडेले
दोषीमाथि कारबही गर्ने जनाएका छन् ।
घटनामा ज्यान गुमाएका नेपाली युवाहरुको शव
दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरी नेपाल
फर्काउने तयारी भइरहेको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved