भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
फिल्म
‘माला’
छयांकनको क्रममा नायिका प्रियंका कार्की दुर्घटनामा परेको तथ्य
खुलेको छ । फिल्मका निर्माता कलाकार शिशिर
रानाले यसबारेमा बताएका हुन ।
शिशिरले प्रियंका पानीमा डुबुल्की मारेको सट
खिच्ने क्रममा साँच्चै पोखरीमा डुब्न पुगेको बताए ।
उनले सम्झदै भने- ‘माघ ७ गतबर्ष गतेबाट फिल्मको सुटिङ
सुरु गरेका हौ । माघ ८ गते नै यस्तो घट्ना भयो ।’ उनले
थपे- ‘प्रियंकाले पहिलेदेखि नै
अलि बिसन्चो भइरहेको बताइरहेकी थिइन ।
त्यो दिन खाजा पनि अलि ढिलो भएको थियो ।
सट लिन पोखरीमा पस्नेबितिकै उनी साँच्चै डुबिन ।
हामी धेरै आत्तियौँ । पोखरीबाट बल्ल तल्ल
निकालियो र आराम गरायौँ ।’ शिशिरले काभ्रे र
भक्तपुर को सिमानामा पर्ने एक
गाँऊको खोँचमा यस्तो घटना भएको सुनाए । उनले
फिल्म खिच्दा निकै दुख र कष्टहरु ब्यहोर्नु
परेको पनि बताए । नक्षत्र
फिल्मको ब्यानरमा बनेको मालालाई सुदिप भुपाल
सिंहले निर्देशन गरेका हुन । फिल्ममा आर्यन सिग्देल,
प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर
राना लगायतको अभिनय छ ।
0 comments:
Post a Comment