Home » , » युट्युबमा भिडियो अपलोड गर्दा कसरी कमाइन्छ पैसा ?

युट्युबमा भिडियो अपलोड गर्दा कसरी कमाइन्छ पैसा ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । ९० र २००० को दशकसम्म नयाँ चलचित्रको ‘ट्रेलर’ हेर्न
टेलिभिजन च्यानलको भरपर्नु अवस्था रहेको थियो । विज्ञान र
प्रविधिले यसलाई परिवर्तन गरिदिएको छ ।
आजभोलि चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गर्ने
गरेको पाइन्छ । युट्युबमा हालेका केहि भिडियो भाइरल बन्ने
गरेका छन् । जसबाट सबै आर्थिक रुपमा मालामाल हुने
अवस्था आएको छ ।
युट्युबलाई च्यानल बनाएर आफ्नो विज्ञापन गर्ने प्लेटफर्म तयार गर्ने
चलन बढेको पाइन्छ । सो वापत उल्टै युट्युबले पैसासमेत दिने गरेको छ ।
पैसा कसरी कमाइन्छ ?पुरै चलचित्र युट्युबमा राख्ला निर्मातालाई
घाटा लाग्दैन ? सबैको चासोको विषय बनेको छ । साथै
पाइरेसीको संभावना रहदैन ? एउटा भिडियो बाट मानिसले
कसरी पैसा कमाउँछन् ?
भिडियोमा आउने विज्ञापनबाट पैसा कमाइ हुने युट्युबका कन्टेन्ट
अपरेसन प्रमुख सत्या राघवनले बताएका छन् ।पछिल्लो वर्ष
सबैको युट्युबमा मोह बढेको र चलचित्रको प्रमोसनका लागि समेत
प्रयोग गर्ने गरेको राघवनले बताए ।विज्ञापनबाट संकलित रकमको ४५
प्रतिशत युट्युवलाई र ५५ प्रतिशत
भिडियो निर्माताको नाममा जाने राघवनले उल्लेख गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved