Home » , » कोहिनुर चलचित्र युटुव मार्फत पाईरेसी गर्नेलाई लाई पानी मुनि गएपनि नछाडिने

कोहिनुर चलचित्र युटुव मार्फत पाईरेसी गर्नेलाई लाई पानी मुनि गएपनि नछाडिने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यसै साता नेपाली कथानक चलचित्र ‘
कोहिनूर’पाईरेसी भएको छ । यो वर्षकै सफल
चलचित्र ‘ कोहिनूर’ स्वर्गिय श्रीकृष्ण
श्रेष्ठको अन्तिम चलचित्र हो । । यो चलचित्र युटुव
मार्फत पाईरेसी गरिएको हो । निर्माण
कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट
अपलोड गरिएको ‘कोहिनूर’लाई मंगलबार साइटबाट
हटाइएको वुधबार राजधानीमा पत्रकार सममेलन गदैं
नेपा मुभिजले जानकारी दिएको छ ।
चलचित्रका निर्माता चन्द्र प्रसाद श्रेष्ठले
‘कोहिनूर’ पाइरेसीप्रति दुःख व्यक्त गर्दै भने– ‘स्व.
श्रीकृष्णको फिल्मलाई सबैले हेरुन् भन्ने
हाम्रो चाहना हो । जतिले हेर्नुभयो उहाँहरुलाई
धन्यावाद । तर आफुसँग भएको फिल्मलाई
पुनः अपलोड नगर्न अनुरोध गर्दछु ।’ निर्माता श्रेष्ठले
पाइरेसी गर्नेलाई कानुन बमोजिम
कारबाहिको माग गरिने समेत बताए । उनले
पाइरेसी गर्ने को हो ? पत्ता लगाउने
प्रक्रिया भैरहेका बताएका छन् ।
निर्देशक आकाश अधिकारीले भने कुनै
पनि चलचित्रको पाइरेसी हुनु
सिङ्गो नेपाली चलचित्र
क्षेत्रका लागि घाटा रहेको बताए । स्व.श्रीकृष्ण
श्रेष्ठको अन्तिम चलचित्र भएका कारण ‘कोहिनूर’
को विश्वभर रहेका नेपाली माझ चासो छ ।
यो फिल्मको विश्वका करिब एक दर्जन
मुलुकमा पहिलो चरणको प्रदर्शन पश्चात्
दोश्रो चरणको प्रदर्शनको क्रममा छ ।
स्व.श्रीकृष्ण र
पत्नी अभिनेत्री श्वेता खड्काको मुख्य
भूमिका रहेको ‘कोहिनूर’ ले नेपालमा अत्याधिक
दर्शकको मन जित्न सफल भएको थियो भने व्यापार
पनि ऐतिहासिक गरेको थियो । चलचित्रले
नेपालमा मात्र करिब ११ करोडको व्यापार
गरेको थियो । यति बेला कोहिनूर
विदेशका विभिन्न ठाँउहरुमा प्रदर्शन भईरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved