भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नायिका तथा निर्माता रेखा थापाको
विवादास्पक
अविव्यक्ति बेला बेलामा मिडियामा छाइरहेको
हुन्छ । रेखा र छवि ओझाको सम्बन्धबारे धेरै
चर्चा पनि भएकै हो । उनीहरुको सम्बन्धविच्छेद
भएको खबरले पनि मिडिया नतातेको भने होइन ।
तिनै रेखा र छवि बीचको चर्चा अझै सेलाएको छैन ।
एक दैनिक पत्रिकासँग कुरा गर्दै रेखाले छविले आफूलाई
बनाएको नभएर आफूले छविलाई
बनाएको बताएकी छन् ।
उनले भनेकी छिन् – ‘चलचित्र
क्षेत्रमा लागेपछि मलाई ‘सेकयूअर’ पनि हुनु थियो ।
बिहे गरेपछि एटलिस्ट सेक्युअर त भइन्छ भन्ने लागेर
छवि ओझासँग बिहे गरेँ ।’
‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने
व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर
बन्यो ,स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र
श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै
कारण व्यावसायिक रुपमा सफल
भएको दाबी गरेकी छिन् । रेखा फिल्म्स्
बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो ।
फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–
रेखा थापाको हिम्मत, रेखा थापाको किस्मत ।
उहाँलाई त कसले चिन्थे र ?’
रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन् ।
उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र
अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै
भनेकी छन्,‘ अबको दुई वर्षमा बिहे गर्छु ।
मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त
लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर
बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।’
रेखाले सुदर्शन गौतमसँगको प्रेम रहेको स्वीकार्दै
भनेकी छन् ,‘सुदर्शन र मेरो प्रेम छ । म उप्रति आशक्त
भएको छु ।’ तर उनले सुदर्र्शनसँग विवाह हुने-नहुने भने
बताएकी छैनन् ।

0 comments:
Post a Comment