भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, मंसिर २९ - उनी बलिउडकी सबैभन्दा फेसनेबल
अभिनेत्री मानिन्छिन् । उनको फेसनको चर्चा भारतमा मात्र
सीमित छैन । विश्वका अनेक मुलुकमा उनको पहिरनको प्रसंग
निक्लिने गर्छ ।
यसैले, सोनम कपुरबारे कुरा उनी अनिल कपुरकी छोरी हुन् भनेर मात्रै
हुने गर्दैन । बलिउडको मूल धारमा आएको सात वर्ष भइसके
पनि अभिनयमा कुनै प्रशंसा पाउन नसकेकी यी २९ वर्षे कुरा भने
साना गर्दिनन् । उनका अनुसार, उनी अचेल सिंगल नै छिन् ।
भन्छिन्, 'सोचे जस्तो मिस्टर राइट फेला परेको छैन ।' बिहेबारे
सोधिएको प्रश्नमा उनको उत्तर छ, 'त्यसको लागि अझै निकै समय
बाँकी छ । म सिंगल रहनुमै खुसी छु । म एकलमै अन्योलग्रस्त छु, मलाई
कस्तो केटो चाहिने हो भन्नेमा । खोजेको जस्तो अझै भेटेको छैन ।'
0 comments:
Post a Comment