भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मिस नेपाल २००२ को ताज चुमेपछि रंगीन
संसारमा उदाएकी माल्भिका सुब्बा सुन्दरता र
बौद्धिकताको उदाहरण नै हुन्। युवा पुस्ताले उनलाई आदर्श मान्छन्। तर
यो कुराले उनलाई सधै 'प्रेसर फिल' हुन्छ। 'मान्छेको निजी जीवन हुन्छ।
त्यसलाई सहज रूपमा निर्वाह गर्न सामाजिक छविले
गाह्रो बनाइदिन्छ', माल्भिका अनुभव पोख्छिन्।
मिस नेपालको ताज चुम्नुलाई
उनी मेरो जीवनको पहिलो सफलता मान्छिन्। 'मलाई सबैले अहिले
पनि मिस नेपाल भनेरै चिन्छन्। मैले त्यसबेला जस्तो उत्तर दिएँ,
प्रतिभा देखाएँ र जितपछि अन्तर्वार्तामा बोलेँ अहिले पनि धेरैले
सम्झन्छन्', उनको तर्क छ।
ग्ल्यामरस र सेक्सी छवि क्षणिक हुन्छ। केही समय नाम होला,
दाम मिल्ला तर त्यसपछि के त? चाहिने त प्रतिभा नै हो।
फेरि ग्ल्यामरस हुने बहानामा केटीहरूले
चाहेभन्दा बढी देखाइरहेका छन् कि। हाफ कट्टु
लगाउँदैमा ग्ल्यामरस भइँदैन।
विद्यार्थी जीवनमै उनी विभिन्न पत्रपत्रिकामा लेख्ने गर्थिन्। लेखेरै
पहिलो कमाइ हात पारेकी माल्भिका सानैदेखि पैसाको महत्त्व
बुझ्थिन्। 'म मध्यम परिवारमा हुर्केको मान्छे।
आमाबुबा सरकारी जागिरे। स्कुल पढ्दैदेखि मलाई म कहिले ठूलो हुन्छु
र कमाउन थाल्छु भन्ने कौतुहल हुन्थ्यो', उनी स्मरण गर्छिन्।
चलचित्रमा रुचि नभएको तर चलचित्र क्षेत्रले सधैं अपेक्षा गरेको पात्र
हुन् माल्भिका। तर चलचित्र र उनीबीच अनौठो संयोग छ।
सुरुमा चलचित्रले उनलाई लोभ्याउन सकेन। सन् २००८ मा चलचित्र 'गड
लिभ्स इन् द हिमालय'बाट डेब्यु गरेपछि अफबिटका चलचित्रमा काम
गर्ने रुचि जगाइदियो।
'सन् २०१० मा गुडबाई काठमाडौंमा अभिनय गरेपछि सिरियस र
राम्रो चलचित्र पाएँ भन्ने अभिनय गर्छु भन्ने निचोडमा पुगेँ। संयोग नै
भनौं यी दुवै चलचित्र प्रदर्शनमा आएनन्', माल्भिका भन्छिन्, 'मिस यु,
कलिउडलगायत धेरै चलचित्रबाट प्रस्ताव त आयो तर सेक्सी र
ग्ल्यामरस भावमा धेरै प्रस्तुत हुनुपर्ने स्क्रिप्टका कारण काम गर्न
सकिनँ।'
लामो समय टेलिभिजनमा काम गरेर चिनारी बनेपछि सन्न्यास
लिनु, नेपाली चलचित्रमात्रै होइन बलिउडबाट आएको प्रस्ताव
अस्वीकार गर्नु, लुगाको व्यापार गर्न लगानी गर्नु, भने
जस्तो नचलेपछि व्यापार बन्द गर्नु मेरो करियरमा बोल्ड
डिसिजन लाग्छ।
माल्भिकाको बुझाइमा ग्ल्यामर, फेसन, मेडिया सबै आर्ट हो।
आर्टिस्टिक तरिकाले अंग प्रदर्शन गर्न सक्यो भने राम्रो हुन्छ। तर
त्यसको महत्त्व र अर्थ बुझ्न सक्नुपर्छ। उनलाई सानैदेखि हाफपेन्ट
लगाउन, बढी एक्सपोज हुन लाज लाग्थ्यो।
अहिले पनि उनमा त्यस्तै स्वभाव छ। माल्भिका भन्छिन्, 'यसको अर्थ
म पुरातनवादी, संकुचित सोचको मान्छे भने होइन। आफूलाई
जतिमा सहज लाग्छ त्यसरी नै प्रस्तुत हुने हो।'
0 comments:
Post a Comment