भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अमेरिकाको अध्यागमन कानूनका अनुसार, तपाई
अमेरिका भन्दा बाहिर हुनु हुन्छ अर्थात
उदाहरणका लागि, तपाई हाल
नेपालमा बसिरहेको हुनुहुन्छ र अमेरिकाको ग्रीन
कार्ड कसरि बनाउने भनेर सोची रहनु भएको छ भने
तपाईको लागि एउटा तरिका छ: त्यो हो तपाई
नेपालमानै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीन
कार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाईसंग छन्
र तपाईको लागि केहि आधारमा नेपालबाट तपाई
आफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीन
कार्ड नातेदार वा अमेरिकन रोजगारदाताले
तपाईकोलागि आप्रवासी पिटिसन दिएर यु. यस.
सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ र
आप्रवासी भिषा पनि तुरुन्त उपलब्ध छ भने तपाईले
अमेरिकाको नेसनल भिषा सेन्टर मार्फत
काठमाडौँमा रहेको अमेरिकन
कन्सुलेटमा आप्रवासी भिषाका लागि निबेदन दिन
सक्नु हुन्छ। तपाईको आप्रबाशी भिषा अमेरिकन
कन्सुलेटबाट अन्त्यमा स्वीकृत भएको खण्डमा तपाई
अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात
अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।
मैले माथि उल्लेख गरे अनुसार, तपाई हाल
नेपालमा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड
पाउने पर्याप्त आधारहरु भने तपाईसंग हुनु पर्छ।
उदाहरणका लागि,
अमेरिकामा रोजगारीको माध्यम
तपाईको रोजगारदाताले
तपाईको लागि आप्रवासी आइ-१४० निवेदन/
पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम
स्वीकृत भएको खण्डमा; तपाई असाधारण
प्रतिभाको व्यक्ति भएर तपाई आफैले आइ-१४०
आप्रवासी निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ.
यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग
अमेरिकामा लगानी गर्ने योजना छ भने तपाई आफैले
आप्रवासी आइ-५२६ निवेदन/पिटिसन दिएर यु. यस.
सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा;
अर्थात तपाईको अमेरिकाको नागरिक नातेदार
वा ग्रीन कार्ड नातेदारले आप्रवासी आइ-१३०
निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट
सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाई
आप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा ,
दोस्रो चरणमा अमेरिकाको नेसनल
भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण
कानुनी प्रक्रियाहरु पुरा गरेर चाहिने कागजपत्रहरु,
भिषा निबेदन र बुझाउनु पर्ने फी लगायत अन्य
प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत
पुरा गरि तपाईले दिएको स्थाई
आप्रवासी भिषा निबेदनलाइ
नेपालमारहेको अमेरिकन कन्सुलेटबाट पनि अन्तिम
चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट
अमेरिका आएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।
तसर्थ,
तपाईको लागि मुख्यतया रोजगारी वा परिवारमा आधारित
आप्रवासी निवेदन/पिटिसन अमेरिका बाट यु. यस.
सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर
आप्रवासी भिषा तत्काल उपलब्ध
भएको खण्डमा दोस्रो चरणमा तपाईले
अमेरिकाको नेसनल
भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण
कानुनी प्रक्रियाहरु पुरा गरि पिटिसन गर्ने
वा भिषा निबेदन दिने व्यक्तिले बुझाउनु पर्ने चाहिने
मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन र
बुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य
प्रक्रिया पुगेको अवस्था छ भने
नेपालमा रहेको अमेरिकन कन्सुलर अफिसले
भिषा निवेदकको अन्तरबार्ता लगायत
अन्तरबार्ता अगाडी वा पछाडीका आबस्यक अन्य अरु
प्रक्रियाहरु समाप्त गरि कन्सुलर अफिसले नै निवेदक
लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने
गर्दछ। अन्त्यमा, तपाईको आप्रबाशी भिषा अमेरिकन
कन्सुलेट बाट स्वीकृत भएको खण्डमा तपाई
अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात
अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।
0 comments:
Post a Comment