भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक
हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य
थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात
समुन्द्र शास्त्रका अनुसार
मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व
क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।
चोरी औंलाको प्रभाव
चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने
भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ ।
सामान्यतया यही औंलाको आधारमा नै कुनै
पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने
समुन्द्र शास्त्रको दावी छ ।
यदि कुनै पनि ब्यक्तिको चोर
औंला माझी औंला बराबर छ अर्थात केही लामो छ
भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु
राम्रा हाकिम पनि बन्न सक्छन् ।
यदि यो औंला सहित अन्य लक्षण
पनि मिलेमा यस्तो ब्यक्तिले
हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।
यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ
भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने
ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र
तानाशाही स्वभावका पनि हुन्छन् ।
त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य
लम्बाइ भन्दा पनि छोटों भयो भने
त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् ।
यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन ।
यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ
भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र
कहिले काँहि अति उत्साहित भएर काम समेत
विगार्छन् ।
यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु
पर्छ ।finger boss 4
यदि कुनै ब्यक्तिले अनामिका र
चोरी औंलाको लम्बाइ बराबर भयो भने
त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान
प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक
परिस्थितिमा सन्तुष्ट रहन्छन् ।
समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन
भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने
हस्तरेखा शास्त्रको दावी छ ।
यदि चोरी औंलाको पहिलो भाग
(नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने
यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ ।
तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने
त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र
यिनीहरुको हिनताबोध बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने
ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले
दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् ।
यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ ।
तर यो भाग सानो छ भने त्यसको विपरित कुनै
पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् ।
जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य
भन्दा ठूलो हुन्छ
यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल
देखाउन खोज्छन् ।
0 comments:
Post a Comment