Home » , » हिजो छुटेका सिके राउत आज फेरी पक्राउ....

हिजो छुटेका सिके राउत आज फेरी पक्राउ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महोत्तरी, १४ पुस । देश टुक्र्याउने अभिव्यक्ति दिएर
एकाएक चर्चामा आएका डा सिके राउत
फेरि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आइतबार महोत्तरीबाट पक्राउ
गरेको थियो । महोत्तरी सदरमुकाम
जलेश्वरमा आयोजना गरिएको सभालाई सम्बोधन
गर्न जाने क्रममा उनी आइतबार पक्राउ थिए ।
आइतबार समातिएका राउतलाई स्थानीय
नेता सुरेन्द्र पाण्डेको जिम्मामा प्रहरीले आइतबार नै
छाडेको थियो । राउतलाई प्रहरीले पक्राउ
गरेपछि त्यहाँ केही बेर उनका समर्थकले
हंगामा गरेका थिए ।
फेरि सोमबार जलेश्वर नगरपालिका चोकनजिकै
आमसभाको तयारी गरेको अवस्थामा प्रहरीले
राउतसहित १९ जनालाई पक्राउ गरेको हो ।
आइतबार उनलाई पक्राउ गर्दा उनका समर्थकले
रिहाईको माग गर्दै चर्को नाराबाजीसहित
प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका थिए ।
पछिल्लो समय गृह मन्त्रालयले
उनीमाथिको निगरानी बढाउँदै आएको छ । उनलाई
सामाजिक सदभाव बिग्रने गतिविधिमा संलग्न
भएको भन्दै गत भदौमा पनि मोरङ प्रहरीले पक्राउ
गरेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved