भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे
पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु
तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी,
माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश
गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् ।
रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट
बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार
अधिक मात्रामा विषालु तत्व छान्नु
पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले
मिर्गौलाको कार्यबोझ घटाउन हामीले
पनि खानपिनमा होस पुर्याउनु जरुरी हुन्छ ।
शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न
मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्नछन्
लसुन :-बढी मात्रामा सल्फर हुने लसुनलाई
शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु
मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने
विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले
शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण
भूमिका निर्वाह गर्छ ।
स्याउ:- उच्च मात्रामा पेक्टिन हुने स्याउले
शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक
गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई
शरीरबाट बाहिर निकाल्न योगदान गर्छ ।
यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त
उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन
प्रक्रिया सहज बन्छ ।
चुकन्दर:-गान्टे मूल
जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट
ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक
फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ ।
कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत
चुकुन्दरले मद्दत पुर्याउँछ ।
गाँजर:- गाँजरमा भिटामिन ए, बी ६, सी र के
तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ ।
ग्लुटाथियोन प्रोटिनले
कलेजोको सफाइमा ठूलो योगदान गर्छ ।
पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै
खानु राम्रो ।
कागती:- शरीरको सफाइमा कागतीलाई
चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन
गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान
कागती हालेर एक गिलास पानी पिउने
गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस:- मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३
फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत
स्वस्थ राख्न मद्दत पुर्याउँछ । फाइबर समेत धेरै हुने
भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न
आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात,
ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर
निकाल्न सहयोग गर्छन् । एजेन्सी

0 comments:
Post a Comment