भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मानिसको अप्राकृतिक जन्म भएको हामीले
सुनेका छौँ, कोही मानिसको सामान्य फरक जन्म
हुन्छ भने कोही पत्याउनै नसकिने शारीरिक
अवस्था भएका हुन्छन् । केही वर्ष अघि एक
महिलाको दुईवटा पाठेघर
रहेको पत्ता लागेको थियो । ती महिला विश्वकै
एक मात्र दुई पाठेघर भएकी महिला हुन् । त्यस्तै एक वर्ष
अघि एक पुरुषले पनि सामाजिक संजालमा दुई
वटा लिङ्ग भएको यौनाअङ्गको तस्वीर
राखेका थिए । आफ्नो नाम भने नखुलाएका एक पुरुषले
आफ्नो दुईवटा यौनाअङ्ग भएको खुलासा गर्दै
आफ्नो आत्मकथा लेखेका छन् ।
‘डबल हेडर’ तथा दुइ टाउके
शीर्षकको उनको आत्मकथा अहिले
सबैको चासोको विषय बनेको छ । सामान्य जीवन
जिउन रुचाउने उनले आफ्नो पहिचान पनि यौनाअङ्गमै
सिमित रहने डरले उनले आफ्नो नाम
लुकाएको बताएका छन् । निकै दुर्लभ स्वास्थ्य
समस्या मानिने डाइफालियाका कारण उनको लिंग
दुइवटा भएको हो । यदि आफु सार्वजनिक भएर
क्यामरा सामु गएमा त्यस दिनदेखि आफु आफु नरहने र
दुइ लिंगे मानिस बन्ने उनको चिन्ता छ ।
आफ्नो ७६ पेजको आत्मकथामा उनले दुइवटा लिंग भएर
बाँच्नुका फाइदा बेफाइदका बारेमा व्याख्या गरेका छन्
। अमेरिकामा हरेक साठी लाख पुरुषमा एक
जना पुरुषको जन्मिँदै दुइवटा लिंग हुने गरेको डेलीमेलले
उल्लेख गरेको छ । अधिकांसले सानै उमेरमा दुइ मध्ये एक
लिंग अप्रेसन गरेर फ्याँक्ने
गरेको भएपनि यी बेनामी युवाले भने त्यसो गरेनन् ।
आफ्नो लिंग काटेर नफ्याँकेको र दुइवटै लिंग
भएकोमा उनलाई गर्व छ । दुइवटा कामलाग्ने लिंग
भएको मान्छे आफु मात्रै भएकोमा उनलाई ठूलो गर्व छ
।
ती युवाका अनुसार उनका अण्डकोष अरु पुरुषकै जस्तै
दुइवटा नै छन् । तर अण्डकोषबाट दुइ वटा लिंग
पलाएका छन् । दुवै लिंग बराबर मात्रामा उत्तेजित हुने
र दुवैले यौन सम्पर्क गर्न सकिने उनले खुलासा गरेका छन्
। आफुले एउटै समयमा एउटा लिंग उत्तेजित गराउन सक्ने
र अर्काे लिंगबाट पिसाब फेर्न सक्ने दाबी समेत
उनको छ । कुनै समय उनी एकैपटक एक जना महिला र
एकजना पुरुषसँग यौन सम्बन्धमा थिए । उनले अहिलेसम्म
१ हजार भन्दा बढी महिला–पुरुषहरुसँग यौन सम्पर्क
राखिसकेको उनी बताउँछन् ।

0 comments:
Post a Comment