Home » , » यो कुखुराको रंग मात्र होइन मासु पनि कालो.....

यो कुखुराको रंग मात्र होइन मासु पनि कालो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कुखुराको रंग जुन सुकै पनि हुन सक्छ तर सबैलाई
थाहा भएको कुरा के हो भने कुखुराको रंग
जस्तो भएपनि मासु सबै कुखुराको मासु रातो हुन्छ ।
तर यो तथ्य गलत सावित गर्ने कुखुराको उत्पादन हुन
थालेको छ ।
कालो रंगको यो कुखुराको मासु पनि कालो हुन्छ ।
यसको प्याँख मात्र होइन मासु पुरै कालो हुन्छ ।
यो कुखुराको नाम एयम सिम्यानी हो ।
विज्ञहरुका अनुसार यो कुखुरो दुर्लभ
प्रजातिमा पर्छ ।
यो शुरुमा इन्डोनेशियामा फेला परेको थियो । तर
सन् १९८८ मा युरोपमा समेत यसको निर्यात भयो र
उत्पादन हुन थाल्यो ।
फरक देखिने र मासुको रंग समेत फरक भएका कारण
यसको माग बढ्दै गएको छ । सन् २०१३
मा अमेरिकाको फ्लोरिडामा एउटा एयम सिम्यान
२५०० डलर अर्थात २ लाख पचास
हजारमा बिक्री भएको थियो ।
एयम सिम्यानको रंग पुरै कालो छ । यसका खुट्ट, नङ,
छाला तथा हाड समेत काला हुन्छन् ।
यसका सन्तानका हाडहरु पनि उस्तै हु्छन् । यसको रगत
भने कालो नभएर अलि गाडा रंगको हुन्छ ।
यसले क्रिम रंगको अण्डा दिन्छ । यो एयम सिम्यान
इण्डोनेसियाली शब्दबाट राखिएको नाम हो ।
यसको अर्थ
कालो रंग भन्ने हुन्छ ।
विज्ञहरुले यो कुखुराको मासु
गर्भवती महिलाका लागि निक्कै लाभदायी हुने
बताउँछन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved