Home » » निगमले घटायो हवाई भाडा....

निगमले घटायो हवाई भाडा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सोलुखुम्बु, पुस २४– नेपाल वायु सेवा निगमले
सोलुखुम्बुको काँगेल
विमानस्थलमा आवागमनको हवाई भाडा घटाएको छ
। पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपछि निगमले
सोलुखुम्बुको काँगेल विमानस्थलसम्म आउने जाने
भाडामा १३१ रुपैयाँ घटाएको हो ।
यसअघि प्रतियात्रु चार हजार १३५ रुपैयाँ पर्ने हवाई
टिकट चार हजार चार रुपैयाँ मात्र लाग्ने काँगेल
डाँडा विमानस्थलका इन्चार्ज
नारायणकाजी कार्कीले जानकारी दिए ।
यस्तै राजधानीदेखि फाप्लु विमानस्थल आउन
तथा जानका लागि भाडा घटेर तीन हजार ६६२
रुपैयाँ लाग्ने भएको छ । यसअघि फाप्लु
विमानस्थलका लागि भने यात्रुले तीन हजार ८००
को टिकट काट्दै आएका थिए ।
यसैबीच उदयपुर र ओखलढुङ्गा जोड्ने
सुनकोसी नदीको पुल सञ्चालनमा आएसँगै
राजधानी जाने तथा आउने
गाडी भाडामा पनि ५००
रुपैयाँ घटाएको यातायात व्यवसायीले
जानकारी दिएका छन् । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved